नेपाल सम्वत् ११४६, सिल्लाथ्व १५, प्रतिपदा (१९ माघ, २०८२, २ फ्रेवअरी, २०२६) सोमबार, बाँपिझ्याला । निर्वाचनको सम्मुखमा तीन दलका शीर्ष नेताहरू अपासमा भेटघाट गरेका छन्।
विश्वस्त स्रोतका अनुसार आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालबिच भेटघाट भएको हो। उनीहरुबीच मुलुकको पछिल्लो राजनीतिबारे छलफल भएको बताइएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर भएको उक्त भेटमा सम्भावित चुनावी गठबन्धनका विषयमा गम्भीर छलफल भएको बताइएको छ।
स्रोतका अनुसार भेटमा अध्यक्ष ओलीले अहिलेको चुनावमा एमालेले जित्नसक्ने ठाउँमा सहयोग गर्न आग्रह गरिएको बताइएको छ।
सो भेटघाटबारे शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले अनभिज्ञता प्रकट गरेका छन्। ‘म काठमाडौं बाहिर छु यो विषयमा मलाई जानकारी छैन, भेटघाट भएको होइन होला म भोली मात्र काठमाडौं आउँछु’, उनले भने।
एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले पनि शीर्ष नेताहरुको भेटघाटबारे आफूलाई जानकारी नभएको बताए। ‘यो विषयमा मलाई औपचारिक जानकारी छैन,’ प्रचार विभाग प्रमुख शाहीले भने।
एमालेले झापा, दाङ लगायतका क्षेत्रमा सहयोगका अपेक्षा गरेको स्रोतको दाबी छ। गगन थापाले विशेष महाधिवेशन गरेर सभापति बनेपछि ओली, देउवा र दाहालको भेट भएको हो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij