नेपाल सम्वत् ११४६, सिल्लाथ्व १३, त्रयोदशी (१७ माघ, २०८२, ३१ जनवरी, २०२६) शनिवार, बाँपिझ्याला । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दोलखा काठमाण्डौ सम्पर्क निर्वाचन परिचालन समितीको आयोजनामा उपत्यकाको काठमाण्डौ ब्याङ्केट थापागाउँमा उपत्यकावासी दोलखा जिल्लावासी युवाहरुसंग भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
एक मात्र निर्वाचन क्षेत्र भएकाे दाेलखा जिल्लाबाट आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फबाट उम्मेदवार बनेका युवा नेता विशाल खड्कालाई विजयी बनाउने उद्देश्यका साथ आज उपत्यकाकाको काठमाण्डौ ब्यान्ङ्केटमा दोलखाली युवा पुस्ताको भेला आयोजना गरेको हो ।
नेकपा निर्वाचन समिति हाईकमाण्डका ईञ्चार्ज पूर्व सासंद गंगा कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिनिधी सभाका उम्मेदवार युवा नेता पूर्व मन्त्री विशाल खड्काले आजको युवा भेलाले आफुलाई दोलखामा चुनाव लड्न थप उर्जा मिलेको बताउनु भयो । यसै गरी अव आफु गाउँ जाने र उपत्यकाको जिम्मेवारी युवापुस्तालाई जिम्मेवारी दिएको समेत उहाँले बताउनु भयो ।
यसै गरी अर्का बक्ता समानुपातीक उम्मेदवार महेन्द्रबहादुर कार्की र पासाङ शेर्पाले आ–आफ्नो तर्फबाट मन्तव्य व्यक्त गर्नु भएको थियो ।
शहीद परिवारका छाेरा जेविन सर्वहारा (रोशन रिमाल) को सभापतीत्व र कार्यक्रम संचालक टिकाराम खड्का रहेको थियो ।
यसै गरी केन्द्रिय नेताहरु शंकर लामा, भरत दुलाल, रामचन्द्र कार्की लगायत नेता तथा कार्यकर्ताले भेलाको औचित्य माथी प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमको नेकपा एमाले र काँग्रेसका दोलखा जिल्लास्तरीय दर्जनौ नेता कार्यकर्ताहरु र जेन्जी पुस्ताहरु पार्टी प्रवेश गरेका छन् ।
कार्यक्रमको अन्यमा प्रमुख अतिथी पूर्व सासंद प्रभावशाली नेता गंगा कार्कीले अहिलेको चुनाव कुनै पार्टी विशेषको जित र हार भन्दा पनी नेपाली जनताको जित र हारको कुरा संगको लडाई भएकोले हजारौ शहिदहरुको बलिदानबाट प्राप्त यस व्यवस्थाको संरक्षणको पक्षमा लड्नु पर्ने भएकोले सोही कुरालाई मध्यनजर गरी नेकपाका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नु भयो ।
करिव ५ सयजना दोलखाली युवापुस्ता तथा नेकपा का केन्द्रिय, प्रदेश र भातृसंगठनका नेता तथा कार्यकर्ताहरुको बाग्लो उपस्थिती रहेको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij