Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

जाडो बढेसंगै रौतहटमा चार दिन विद्यालयमा बिदा

जाडो बढेसंगै रौतहटमा चार दिन विद्यालयमा बिदा

नेपाल सम्वत् ११४६, प्वहेलाथ्वः ३ तृतिया (८ पौष, २०८२, २३ डिसेम्वर, २०२५) मंगलबार बाँपिझ्याला । जाडो बढ्दै गएपछि रौतहटको गौर नगरपालिकाले विद्यालयमा बिदा दिएको छ । केहि दिनदेखि अत्यधिक जाडो बढेको भन्दै पुस ८ देखि ११ गतेसम्म चार दिन विद्यालयमा जाडो बिदा दिएको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरले बताउनुभयो ।

अत्याधिक चिसोका कारण विद्यालयमा पठनपाठन कार्यमा असहजता हुन् गएको तथा बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्य नजर गर्दै बिदा दिइएको उहाँले बताउनुभयो ।

नगरपालिकाको पुस ७ गतेको प्रमुख स्तरिय निर्णयअनुसार वर्षे बिदाबाट कट्टा हुने गरी यस नगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा पुस ८ देखि ११ गतेसम्म चार  दिनसम्मका लागि जाडो बिदा गरिएको गौर नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ ।

जाडोका कारण जनजीवन प्रभावित बनेको छ । बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार