नेपाल सम्वत् ११४६, थिंलागाः ६ षष्ठी (२४ मंसिर, २०८२, १० डिसेम्वर, २०२५) बुधबार, बाँपिझ्याला । बुधबार सेयर बजार ७.८६ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६०६ अंकमा अडिएको छ । कारोबार रकम सामान्य घटेको छ ।
अघिल्लो दिन ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७३ करोडको भयो । ७९ कम्पनीको मूल्य बढ्दा १६९ को घट्यो, ९ को स्थिर रह्यो ।
सबै सेक्टरका सूचक झरेका छन् । यद्यपि सबैको गिरावट दर १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.०५, विकास बैंक ०.२९, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०।१३, हाइड्रोपावर ०।६६, लगानी ०।३२, जीवन बीमा ०.२१, उत्पादन तथा प्रशोधन ०.४२, माइक्रोफाइनान्स ०।२९, निर्जीवन बीमा ०.३५, अन्य ०.३९ तथा व्यापार ०.०२ प्रतिशत घटे ।
तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल छन् । यीमध्ये एसवाई प्यानल आजैदेखि कारोबारमा आएको हो । त्यस्तै लक्ष्मी लघुवित्तको ८।७६, थ्रीस्टार हाइड्रोपावरको ७।१४ प्रतिशत मूल्य बढ्यो ।
झापा इनर्जीको मूल्य सबैभन्दा धेरै ९.३० प्रतिशत घट्यो । हिमस्टार ऊर्जा कम्पनीको ५.०५, सुपर मादी हाइड्रोपावरको ४।५९ तथा माबिलुङ इनर्जीको ४.४९ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा श्रीनगर एग्रिटेक, ङादी ग्रुप, युनिभर्सल पावर, सागर डिस्टिलरी र हिमालयन रिइन्स्योरेन्स छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij