नेपाल सम्वत् ११४६, कछलागाः १५, पञ्चमी (४ मंसिर, २०८२, २० नोभेम्वर, २०२५) बिहीबार, बाँपिझ्याला, दोलखा । भीमेश्वर नगरपालीका वडा नं. २ मा रहेका किसानका खेतमा आज ऐतिहासिक दिन आयो ।
२० वर्ष अघिदेखि करोडौँ रकम लगानी गरेर पुनः निर्माण गरिएको राजकुलो आज पहिलोपटक प्रभावकारी रूपमा बगाएर किसानका खेतमा सिचाइ पु¥याइएको छ । त्यो पनि कुनै अतिरिक्त बजेट वा सरकारी खर्चबिना यस कार्य सम्पन्न भएको हो । जसमा दोलखाली युवाहरु सक्रिय भएका छन् । युवाहरुको यो जमानले “जन द्वाल्खा जिन दकेई अभियान” अभियान संचालन गरेका छन् ।
नेपाल सरकारले दुई दशकअघि करिब ३ करोड रूपैयाँ विनियोजन गरी मरिङखोला देखि पाईपलाईन, पाखलती पोखरी, रानीपोखरी तथा मूल कुलो पुननिर्माण गरेर किसानलाई सिंचाइ उपलब्ध गराउने उद्देश्य राखेको थियो। त्यसबेला गठन गरिएको राजकुलो सिचाइ उपभोक्ता समितिको नेतृत्वमा बारम्बार बजेट खर्च भए पनि २० वर्षसम्म किसानको खेतमा पानी पुग्न सकेको थिएन।
तर केही दिनअघि दोलखावासी युवाहरुको जमानले शुरु गरेको “जन द्वाल्खा जिन दकेई अभियान” ले “बजेट र खर्च होइन, इच्छा र समर्पण चाहिन्छ” भन्ने उदाहरण पेश गर्दै शून्य लगानिमा नै कुलो फुकाएर आज पहिलोपटक तल्लो टोलमा रहेको रानीपोखरीबाट कुमार वलिको बारीसम्म सिचाइ पु¥याउन सफल भएका छन् ।
यस कार्यको शुभारम्भ भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठको रोहवरमा गरियो। अभियन्ताहरूको टोलीले अवरुद्ध कुलो सफा गर्दै पानी बग्ने मार्ग पुनःस्थापित गरेपछि आज प्रत्यक्ष रूपमा किसानका खेतमा पानी पुगेको दृश्यले स्थानीयवासी उत्साहित बनेका छन्।
स्थानीय उदयराज श्रेष्ठले प्रतिक्रिया दिँदै भने, “२० वर्षमा समितिले गर्न नसकेको काम युवाहरूले १५ दिनमा गरिदिए । यो नै दोलखामा नयाँ नेतृत्व र सकारात्मक परिवर्तनको संकेत हो।”
अभियानका अध्यक्ष नरेन्द्र श्रेष्ठ, सचिव शिवजी प्रधानका अनुसार आगामी दिनमा पाखलती पोखरी र रानीपोखरीको संरक्षण, सरसफाइ र सामूहिक माछापालनलाई विस्तार गर्दै दुवै पोखरीलाई पर्यटन, कृषि तथा ऐतिहासिक महत्वका केन्द्रका रूपमा अघि बढाई स्थापित गर्ने लक्ष्य लिएको बताएका छन् ।
यस कार्यमा वडाध्यक्ष स्टालिन श्रेष्ठ खुसि हदै आजको सफल सिचाईले दोलखामा वर्षौँदेखि अलपत्र परेको सरकारी संरचनाको उपयोग र दिगो समाधान सम्भव छ भन्ने सन्देश दिएको छ। यस कार्यको लागि स्थानिय वासिन्दाहरु एक भएर अघि बढ्नु पर्ने बताए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij