नेपाल सम्वत् ११४६, कछलागाः ७, पञ्चमी, (२५ कार्तिक, २०८२, ११ नोभेम्वर, २०२५) मंगलबार, बाँपिझ्याला, दोलखा । भीमेश्वर नगरपालिकाको आयोजना स्थानीय सशक्तीकरण कार्यक्रमको सहकार्यमा “स्थानीय सरकार असल अभ्यास आदान–प्रदान राष्ट्रिय कार्यशाला” हुने भएको छ।
नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले आज आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत यही कात्तिक २७ र २८ गते आयोजना हुने कार्यशालाको तयारी पूरा भइरहेको जानकारी दिनुभयो।
कार्यक्रममा भीमेश्वर नगरपालिकासँग भगिनी सम्बन्ध रहेका ललितपुर महानगरपालिका, जनकपुर उपमहानगरपालिका र जिरी नगरपालिका तथा दोलखाका नौवटै गाउँपालिकाका प्रमुख र उपप्रमुखहरूको सहभागिता रहने छ।
साथै देशका विभिन्न प्रदेशबाट कोशी प्रदेशको दमक नगरपालिका, मधेश प्रदेशको मिथिला नगरपालिका, गण्डकी प्रदेशको वालिङ र गल्याङ नगरपालिका, लुम्बिनी प्रदेशको तानसेन नगरपालिका, कर्णाली प्रदेशको विरेन्द्रनगर नगरपालिका तथा सुदूरपश्चिम प्रदेशको टोकापुर र भजनी नगरपालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरू कार्यशालामा सहभागी हुने नगरपालिकाले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij