नेपाल सम्वत् ११४५, कौलागाः १५, औसी ९४ कार्तिक, २०८२, २१ अक्टोबर, २०२५० मंगलबार, बाँपिझ्याला । दोलखा जिल्ला भीमेश्वर नगरपालिकामा बोलेरो दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
भीमेश्वर नगरपालिका वडा नं. ९ स्यासीथित भित्रि सडकखण्डमा ग २ च ३४०० नम्बरको डबल क्याप बोलेरो गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् । घाइते मध्य एकको अवस्था गम्भीर र ३ जना सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
भीमेश्वर–९ सुर्केबाट चरिकोटतर्फ आउँदै गरेको बोलेरो दुर्घटनामा सोही वडास्थित स्यासीका ४० वर्षीय गोमा भुजेल गम्भीर घाइते भएका हुन् । उनको दायाँ आँखामाथि, नाम, मुखमा चोट लाग्नुको साथै ४ वटा दाँत भाँचिएको छ ।
दुर्घटनामा स्थानीय ५२ वर्षीय महेन्द्र बहादुर श्रेष्ठ, ५२ वर्षीया कृष्ण कुमारी श्रेष्ठ र ४८ वर्षीया गंगा कुमारी श्रेष्ठ घाइते भएका छन् । गम्भीर घाइते भुजेलाई च्छोरोल्पा अस्पतालमा सामान्य उपचारपछि काठमाडौं रिफर गर्ने तयारी भैरहेको छ भने अन्यको सोही अस्पतालमा उपचार भैरहेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij