नेपाल सम्वत् ११४५, कौलागा १, प्रतिपक्ष (२२ असोज, २०८२, ०८ अक्टोबर, २०२५) बुधबार, बाँपिझ्याला, दोलखा। भीमेश्वर नगरपालिका–२ नागदहका ७३ वर्षीय रत्नबहादुर श्रेष्ठलाई वडाध्यक्ष स्टालिन श्रेष्ठले ह्वीलचिएर प्रदान गर्नु भएको छ ।
निज श्रेष्ठ केही वर्षअघि सवारी दुर्घटनामा परेपछि दिन प्रतिदिन स्वास्थ्य अवस्था जटिल बन्दै गएको अवस्था थियो। उपचारपछि पनि सुधार नआएपछि उनी पक्षघात (प्यारालाइसिस) ग्रस्त भई उठ्न, बस्न र हिडडुल गर्न असमर्थ बनेका छन्।
दैनिक जीवनका सामान्य क्रियाकलापमा समेत अरूको सहयोगमा मात्र गर्न बाध्य भएका श्रेष्ठको कठिन अवस्था देख्दा वडाध्यक्ष श्रेष्ठले ह्वीलचियर सहयोगका लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपामा पहल गर्नुभएको हो।
उहाँको पहलमा उक्त संस्थाबाट ह्वीलचेयर उपलब्ध भए पनि ५० प्रतिशत रकम बुझाउनुपर्ने शर्त थियो। सो रकम वडाध्यक्ष स्टालिन श्रेष्ठले आफ्नै व्यक्तिगत खर्चमा व्यहोरेर ह्वीलचेयर ल्याई आज श्रेष्ठकै नागदह स्थित घरमै पुगेर हस्तान्तरण गर्नु भएको छ ।
ह्वीलचेयर प्राप्त गरेपछि अब पल्टिन, वरिपरिको गतिविधि वा घरभित्र–बाहिर आवत जावत गर्न अरुलाई पटक–पटक कष्ट दिन नपर्ने भएपछि बिरामी श्रेष्ठ खुसी हुर्दै प्रफुल भई सहयोगी वडाध्यक्षप्रति हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij