नेपाल सम्वत् ११४५, कौलाथ्वः २ दुतिया (७ असोज, २०८२, २३ सेप्टेम्वर, २०२५) मंगलबार, बाँपिझ्याला । भीमपुस्तकालय दोलखाको आयोजनामा बडा दशैको अवसरमा आज शुभकामना आदान प्रदान, चियापान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भीमपुस्तकालय दोलखाका व्यवस्थापन समितीका अध्यक्ष युवा समाजसेवी रत्न श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भीमेश्वर नगरपालीका वडा नं. २ दोलखाका वडाध्यक्ष स्टालिन श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
यसै गरी उक्त कार्यक्रममा बरिष्ठ अधिवक्ता पुर्व महान्याधिवक्ता पुस्तकालयका सल्लाहकार डा.मुक्तीनारायण प्रधानको विशेष उपस्थिती रहेको थियो । यसै गरी दोलखाका संघ–संस्था, स्कुलका प्रतिनिधीहरु, लब्ध प्रतिष्ठीत समाजसेवी र शुभचिन्तक दोलखावासी महानुभावहरुको उपस्थिती रहेको थियो ।
शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा दोलखाका युवा समाजसेवी नेकपा माओवादी केन्द्र दोलखा जिल्ला पूर्व पार्टी सचिव अधिवक्ता सुब्बा श्रेष्ठ तथा अधिवक्ता रानु श्रेष्ठ र परिवारको तर्फबाट भीमपुस्तकालय सञ्चालनको लाथि स्थापना गरिएको अक्षकोषमा ५० हजार नगद सहयोग गर्ने बचत बद्धता सहित बिभिन्न १० वटा महत्वपूर्ण पुस्तकहरु र समाजसेवी अधिवक्ता सुब्बा श्रेष्ठ आफैले लेखिएको रगतले पोतिएका पानाहरु एक पुस्तक हस्तान्तरण गरिएको छ भनी अध्यक्ष रत्न श्रेष्ठले बताउनु भयो ।
यसै गरी शुभकामना मन्तव्य दिनेहरुमा बरिष्ठ अधिवक्ता पुर्व महान्याधिवक्ता पुस्तकालयका सल्लाहकार डा.मुक्तीनारायण प्रधान, वडाध्यक्ष स्टालिन श्रेष्ठ, नेपाल क्षयरोग निवारण संस्था दोलखा अध्यक्ष हर्कबहादुर श्रेष्ठ, युवा समाजसेवी अधिवक्ता सुब्बा श्रेष्ठ, तिखातल प्रा.वि. का प्रधानध्यापक तिर्थबहादुर जोशी र बाँपिझ्याला डटकमका सह–सम्पादक युवा समाजसेवी व्यवसायी अजय प्रधानले आ–आफ्नो तर्फबाट विचार व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरु विच पुस्तकालय, दोलखाको शैक्षिक क्षेत्र र अन्य समसामयिक बिषयहरुको बारेमा छलफल भएको थियो भनी अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
कार्यक्रम संचालन युवा समाजसेवी सचिव हेमन श्रेष्ठ गर्नु भएको थियो भने उपस्थीतीलाई युवा समाजसेवी शान्त श्रेष्ठले स्वागत मन्तव्यबाट स्वागत गरिएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij