नेपाल सम्वत् ११४५ तछलागाः ६ (असार ३, २०८२ ) जून १७, २०२५ ,मंगलबार, बाँपीझ्याला । जल तथा मौसम विज्ञान विभाग (DHM) ले आज र रातिको लागि देशभर आंशिकदेखि सामान्य बदली हुने पूर्वानुमान गरेको छ। अधिकांश प्रदेशहरूमा गडगडाहट र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ।
त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपात हुने सम्भावना छ, भने बाँकी प्रदेशहरूको यस्तै भू–भागका एक–दुई स्थानमा पनि हिमपात हुन सक्ने सम्भावना रहेको छ। रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहने, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा गडगडाहट र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना कायमै रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च भू–भागहरूमा हल्का हिमपात हुन सक्नेछ भने अन्यत्र एक–दुई स्थानमा पनि सम्भावना रहेको छ।
हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानहरू तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुन वायुको प्रभाव देखिएको छ। पश्चिमी नेपालमा भने पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। काठमाडौँ उपत्यकामा आज दिउँसो आंशिकदेखि सामान्य बदली रहने, करिब ६० प्रतिशत सम्भावनासहित वर्षा हुन सक्ने, रातिको समयमा करिब ४० प्रतिशत सम्भावनासहित वर्षा हुने अनुमान गरिएको छ। दिनभर उपत्यकामा हल्कादेखि मध्यम वर्षा र गडगडाहटसहितको मेघगर्जन हुन सक्ने संभावना रहेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij