Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

मिथ्याभास !

मिथ्याभास !

मिसु श्रेष्ठ थपलिया, दोलखा

काठमाडौंको चिसो पनि अनौठो ! घरभित्र ठिहिर्याने कौशीमा पोल्ने । सम्झँदै लघुकथा पढ्दे थिएँ । उसले हातमा सुन्तलाको झोला बोकेर आयो । अलि पर मुढामा बसेर मोबाइल निकाल्यो । मैले नजिकै आउन ईशारा गरेँ। ऊ छेउमा बस्यो । उसको कपाल भित्र औँला खेलाउन लागेँ। उसले बिस्तारै मेरो काखमा लपक्क टाउको बिसायो।

मेरो मन दशक अगाडिको परिदृश्यहरूमा भौताारिन खोज्यो । उसलाई एक-एक विगतका घटनाहरू, कथाहरूाा सुनाएँ । बिस्तारै वर्तमानका अनुभव र अनुभूति सुनाएँ । उसलाई विदेश जानबाट रोक्न भावुक बन्दै अश्रुधार बहाएँ। ऊ पनि निकै भावुक बन्दै गयो । मैले आफ्ना प्रेम र तर्कशक्तिबाट उसको मन जितेको अनुमान गर्दै थिएँ ।

हाम्रो ध्यान सँगैको गुँडमा खल्बलि मचाएका चराहरूमा गयो । हेर्दाहेर्दै एउटा बचेरा तल झर्यो । उसले सोध्यो - " त्यो बचेरा उठाउन जाऊँ ? "
"पर्दैन । "मैले बोलेँ।
" मर्ला नि ! "
" मर्दैन । उसले संघर्ष गर्दै र्बाँच्ने कला सिक्नेछ। "
"के त्यो आफै झरेको हो ? "
" सायद । यदि ऊ पखेटा पलाएर पनि उड्न मानेन भने उसको आमाले चुच्चोले खसाली दिन्छे । र बाध्य भई उड्ने चेष्टा गर्छ। अनिमात्र सफल उडान भर्नसक्ने हुन्छ ।"


"अनि आफ्नो सन्तानलाई साथमा राख्न खोज्ने मेरी आमाको माया साँचो होला कि त्यो चरीको ? हँ ममी! " उसले मन्द मुस्कानसाथ ठट्यौली भावमा मेरो मुटुमा वाण रोप्यो।

हाल - काठमाडौं

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार