१४ माघ, काठमाडाैँ । बाख्राको अनुसन्धानका लागि केन्द्रले विभिन्न ठाउँमा स्रोतकेन्द्र स्थापना गरेको छ । केन्द्रका अनुसार जिल्लाको भानु नगरपालिकास्थित बरभञ्ज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादीमा, घिरिङमा, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना र धादिङको नीलकण्ठमा बाह्य अनुसन्धान केन्द्र स्थापना भएका छन् ।
केन्द्रले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा बढी खरी बाख्रा उत्पादन गरेको थियो । त्यस वर्ष ३४ खरी बाख्रा उत्पादनको लक्ष्य रहेकामा ७० खरी बाख्रा उत्पादन भएको थियो । केन्द्रका डा राजु प्रमुख कँडेलका अनुसार केन्द्रबाट खरी, सिन्हाल, बारबरी, जमुनापारी क्रस, शुद्ध बोर, बोर क्रस, शुद्ध सानन र सानन क्रस बाख्राका पाठापाठी उत्पादन गरिएको छ ।
त्यस वर्ष बारबारीका छ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा छ, सिन्हालका चार पाठापाठी उत्पादन लक्ष्य राखिएकामा १२, शुद्ध बोरका ८० पाठापाठी उत्पादन लक्ष्य राखिएकामा ५९, शुद्ध बोरका ८० पाठापाठी लक्ष्य उत्पादन राखिएकामा ५९, बोर क्रसका एक सय ७३ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा एक सय ५९, शुद्ध साननका १५ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा २५, सानन क्रसका ३३ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा ६६ पाठापाठी उत्पादन भएको थियो ।
अनुसन्धान केन्द्रमा बोयर जातको बोकाको माग उच्च छ । बोयर जातको बोकाको नेपालमा बढी रुचाइएको कारण यसमा माग बढेको बताइन्छ । उनले भने, ‘स्थानीय जातको भन्दा बोयर जातको बोकाको माग बढी छ, जमुनापानी, खरी जातको बाख्राको माग पनि उत्तिकै छ ।’
केन्द्रले सो वर्ष एक सय ४२ बाख्रा वितरण गरेको छ । नेपालका अधिकांश जिल्लामा यहाँबाट उत्पादन हुने बाख्रा वितरण हुने गरेको प्रमुख डा कँडेलको भनाइ छ । एक सय प्रतिशत बोर बाख्रा ४५ वटा वितरण गरिएको छ । उक्त बाख्राहरू म्याग्दी, सोलुखुम्बु, पाल्पा, गोरखा, कैलाली, कास्की, काठमाडौँ, दाङ, रामेछाप, चितवन, तनहुँ, दोलखा, उदयपुर, लमजुङ, स्याङ्जा, रुकुम पश्चिम, धादिङमा वितरण भएको कँडेलको भनाइ छ ।
यसैबिच आइतबारदेखि बाख्रापालन तालिम सुरु भएको छ । तालिम यही माघ २० गतेसम्म सञ्चालन हुनेछ । तालिममा सात वटै प्रदेशबाट २० व्यावसायिक कृषकको सहभागिता छ । आवासीय तालिमअन्तर्गत किसानलाई प्रयोगात्मक विधिमार्फत बाख्रापालनसम्बन्धी विभिन्न ज्ञान प्रदान गरिने केन्द्रका प्रमुख डा कँडेलले जानकारी दिए । तालिममा रोग खोप, दाना व्यवस्थापन, प्रजनन विधि, र खोरको व्यवस्थापनलगायतका विषयमा व्यावहारिक अभ्यास गराइने उनले उल्लेख गरे ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij