
नेपाल सम्वत् ११४४, दिल्लागाः द्वादशी, (१७ साउन, २०८०), विहीवार, बाँपीझ्याला, दोलखा । । दोलखा जिल्लाको शैलुङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउनका लागि यही साउन २२ गते तेस्रो पटक गाउँसभाको आब्हान गरिएको छ ।
पहिलो र दोश्रो स्थगित भएको गाउँसभा तेस्रो पटक यही साउन २२ गतेलाई तोकिएको हो । आगामी गाउँसभाको बैठकबाट चालु वर्षको बजेट आउने गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठले बताउनुभयो ।
यद्धपी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले भने बजेटका बिषयमा कार्यपालिकामा सहमति नजुटेका लागि गाउँसभा बस्न नसक्ने प्रतिक्रिया दिएका छन् । एमालेवाट निर्वाचित वडा अध्यक्ष दिलकुमार तामाङले बुधवार बसेको कार्यपालिका बैठकमा सहमति जुट्न नसकेपछि आफुहरु बाहिरिएको र गाउँसभा आब्हानको विषयमा कुनै सहमति नभएको बताउनुभयो ।

तर, गाउँपालिका अध्यक्ष श्रेष्ठले भने सकेसम्म गाउँसभाबाट सहमतिमै बजेट ल्याउने र नभए स्थानीय सरकार सञ्चालन ऐनमा भएको कानुनी व्यवस्था अनुसार भएपनि चालु वर्षको बजेट ल्याईने बताउनुभयो । ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ मागाउँसभामा ५१ प्रतिशत सदस्य नपुगेमा पुनः सभा आह्वान गर्ने र २५ प्रतिशत उपस्थितिले बजेट ल्याउन सकिने व्यवस्था भएकाले सोही अनुसार बजेट आउने उहाँको दावी छ ।
यसअघि पनि शैलुङ गाउँपालिकाले बजेट ल्याउन आव्हान गरेको गाउँसभादुई पटक स्थगित भैसकेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को बजेट ल्याउनअसार १० गते र साउन ५ गते बोलाएको गाउँसभा बैठक बजेट निर्माणमा सहमति नजुटि स्थगितभएको थियो ।

यसै गरी असार १० गते जनप्रतिनिधिबीच हात हालाहालको स्थिती पैदा भएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले सभा बहिष्कार गरेकाथिए । साउन ५ गते बजेट ल्याउने तयारी गरी गाउँसभा बैठक बोलाएपनि सो बैठक समेत बस्दै नबसी अर्को सूचनाजारी नभएसम्मका लागि स्थगित भएको थियो ।
जनप्रतिनिधिबीचको विवादले गाउँसभा पटक–पटक स्थगित हुँदा पालिकाले चालु वर्षको बजेट ल्याउन सकेको छैन । समयमै बजेट ल्याउननसक्दा शैलुङ गाउँपालिकाको प्रशासनिक बाहेक आर्थिक कामकाज ठप्प छ । शैलुङ गाउँपालिको कार्यपालिकामा एमालेवाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेका कारण अध्यक्षलाई घेरावन्दी गरेर बजेट ल्याउननदिएको आरोप छ ।

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुले भने गाउँपालिकाका अध्यक्षले पेलेर बजेट ल्याउन खोजेको दावी गरेका छन् । एमालेवाट निर्वाचित जनप्रतितिधले जनसँख्याका आधारमा समानुपातिक बजेट विनियोजन हुनु पर्ने माग गरेका छन् । हाम्रो अपडेटबाट

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij