
१५ पुष, बाँपीझ्याला, काठमाण्डौं । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले कार्यालय प्रयोजनका लागि दश करोडमा घर किन्ने भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८ को सिमलचौर नजिक रहेको घर करिब १० करोडमा किन्ने निर्णय भएको एमाले गण्डकी अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो ।
एमाले प्रदेश समितिको पहिलो बैठकले घर किन्ने निर्णय लिएको हो । यसका लागि पन्ध्र लाख रुपैयाँ बैनासमेत दिइसकेको अध्यक्ष शर्माले बताउनुभयो । एमाले गण्डकीले अहिले पोखराको नयाँ बजारमा भाडाको घरमा प्रदेश कार्यालय चलाइरहेको छ ।

“नौ करोड पैसठी लाखमा घर किन्ने निर्णय भएको छ । पन्ध्र लाख बैनासमेत दिइसकेका छौँ,” शर्माले भन्नुभयो । आवश्यक हल निर्माण र घर व्यवस्थापन गर्न थप एक करोड खर्च हुने उहाँको अनुमान छ ।
पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकले सहयोग गर्ने वचन दिएकाले सोहीबाट बाँकी रकम तिर्ने एमाले गण्डकीको तयारी छ । यसअघिको एमाले गण्डकीको बैठकले प्रत्येक सदस्यबाट पाँच सय नघट्ने गरी रकम उठाउने निर्णय लिएको थियो । गण्डकीमा एमालेका त्रिसट्ठी हजार पार्टी सदस्य रहेको बताइन्छ ।

बैठकले कमिटीका सदस्यहरूको कार्य विभाजनसमेत गरेको छ । यसैबिच, एमालेले गण्डकी प्रदेशका एघार जिल्लाका अधिवेशन चैतभित्रै सक्ने निर्णयसमेत गरेको छ । बैठकमा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले कामकाजी कार्य योजनासहित अघि बढ्न प्रदेश कमिटीलाई निर्देशन दिनुभयो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij