Nov 26 2026 | २०८३, मंसिर १०, गते

Nov 26 2026 | २०८३, मंसिर १०, गते

गौरीशंकर गाउँपालिका–२ जुँगु वडा कार्यालयमा तालाबन्दी, दैनिक प्रवाह हुने सेवा ठप्प

गौरीशंकर गाउँपालिका–२ जुँगु वडा कार्यालयमा तालाबन्दी, दैनिक प्रवाह हुने सेवा ठप्प

बाँपीझ्याला, दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाको वडा नम्बर २ को कार्यालयमा स्थानीयले तालाबन्दी गरेपछि सेवा ठप्प भएको छ । गौरीशंकर गाउँपालिका–२ जुँगुको अस्थायी वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेपछि वडाबाट दैनिक प्रवाह हुने सेवा ठप्प भएको हो ।

केन्द्र विवादका कारण वडा कार्यालयको आफ्नै पक्की भवन बन्न नसकेको गौरीशंकरको वडा नम्बर २ ले अस्थायी टहराबाट जतालाई सेवा दिँदै आएको छ । तर, त्यसमा पनि वडा सार्न लागेको भन्दै माझगाउँका स्थानीयले तालाबन्दी गरेपछि आज सेवा ठप्प भएको हो । यो सँगै वडाले अब घुम्ती शिविर मार्फत सञ्चालन गर्ने भएको छ ।

वडा कार्यालयले आज दिउँसो सुचना जारी गरी वडा कार्यालय सञ्चालन गरिरहेको भवनमा विना आधार केही व्यक्तिहरुले आफुखुसी तालाबन्दीगरी स्थानीय जनताको नियमित कामकाज तथा सेवा सुविधा प्रभाव पारेको भन्दै सो कार्यको निष्कर्ष ननिस्कुन्जेलसम्म घुम्ती शिविरको माध्यमबाट सेवा दिने जनाएको छ । आज विहान साविक जुँगु गाविसको वडा नम्बर २ माझगाउँका केही स्थानीयले अवैधानिक तरिकाले व्यक्तिगत नाममा स्थापना भएको प्रताप स्मृति प्रतिष्ठानको हलमा कार्यालय सार्न लागिएको भन्दै तालाबन्दी गरेका थिए । सो स्थान हालको सेवा प्रवाह भइरहेको भवनबाट १० मिनेटको दुरीमा पर्दछ ।

वडा कार्यालयले आज दिउँसो सुचना जारी गरी वडा कार्यालय सञ्चालन गरिरहेको भवनमा विना आधार केही व्यक्तिहरुले आफुखुसी तालाबन्दीगरी स्थानीय जनताको नियमित कामकाज तथा सेवा सुविधा प्रभाव पारेको भन्दै सो कार्यको निष्कर्ष ननिस्कुन्जेलसम्म घुम्ती शिविरको माध्यमबाट सेवा दिने जनाएको छ । आज विहान साविक जुँगु गाविसको वडा नम्बर २ माझगाउँका केही स्थानीयले अवैधानिक तरिकाले व्यक्तिगत नाममा स्थापना भएको प्रताप स्मृति प्रतिष्ठानको हलमा कार्यालय सार्न लागिएको भन्दै तालाबन्दी गरेका थिए ।

वडाध्यक्ष रोहित बुढाथोकीले भने वडा कार्यालय सार्ने योजना नरहेको दावी गर्नुभयो । आशंकाको आधारमा वडामा तालाबन्दी गरेको र केही स्थानीयले धम्क्याउँदै आएको पनि उहाँको भनाई छ । केही समय अघि प्रताप स्मृति प्रतिष्ठानको हलमा वडाले महिला लक्षित दुई दिने तालिम सञ्चालन गरेकोमा स्थानीयले आशंका गरी वडानै सार्न लागेको भनी तालाबन्दी गरेको वडाध्यक्ष बुढाथोकीले बताउनुभयो । वडामा तालाबन्दी भएपछि वडा समितिको बैठक बसेर सेवा कसरी प्रवाह गर्ने भन्नेबारे छलफल भएको थियोे ।

उनीहरुको मात्रै नभएर वडाले आठ सय घरधुरीको चित्त बुझाउनुपर्ने भएकोले कहाँबाट सेवा दिँदा सबैलाई प्रभावकारी हुन्छ भनी निश्कर्ष निकालेर त्यही अनुसार भवन सर्न पनि सक्ने वडाध्यक्ष बुढाथोकीले संकेत गर्नुभयो । यो सँगै अब वडाको स्थायी केन्द्र र पक्की भवन निर्माणको प्रकृयालाई पनि अघि बढाउने गौरीशंकर–२ ले जनाएको छ । जुँगु २ मा स्थानीय सरकार बनेको ६ वर्ष वितिसक्दा पनि पक्की प्रशासनिक भवन निर्माणको लागि स्थायी केन्द्रको विवाद टुङगिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार