

प्राचिन शहर दोलखा भिमेश्वरलाई आर्थिक बर्ष २०८०/०८१ संघिय बजेटमा भिमेश्वर पूर्वाधार निर्माणको लागि बजेट विनियोजन गर्न सफल हुनु भयो यस सम्वन्धमा केही भन्नु हुन्छ की ?
भीमेश्वर मन्दिर पूर्वाधार निर्माणको लागि बजेट मेरो कार्यकालभन्दा पहिले नै विनियोजित हुनु पर्ने थियो । मेरो नजरमा प्राचिन शहर दोलखासँग मेरो जिवन्त जोडिएको छ । जसको कारणले पनी दोलखा भिमेश्वरको आफ्नै महत्व र साँस्कृतिक मान्यता रहेको छ । यसमाथी यहाँ रहेका नेवार जातीको नेवारी भाषा, मौलीक संस्कृती परम्परा र जात्रामात्रा रहेको छ जसले गर्दा आफ्नो छुट्टै पहिचान दिनुका साथै भिन्न महत्व र विशेषता बोकेको पाईन्छ । यसरी भिन्न पहिचान बोकेको दोलखा शहरको भाषा, संस्कृती, परम्परा र जात्रामात्रालाई संचालन गरेर सम्पदाहरुको संरक्षण गरेर अगाडी बढ्नु हामीहरुको जिम्मेवारी अनी दायित्व भित्र पर्दछ ।
यसै गरी दोलखा भीमेश्वर हिन्दुहरुको महत्वपूर्ण शक्तिपिठहरु मध्ये एक पर्दछ । जुन अत्यन्त महत्वको विषय रहेको छ । यी मुल्य, मान्यता र परम्पराले गर्दा यहाँ भित्र रहेका भाषा, संस्कृती, परम्परा, जात्रामात्रा संचालन गर्नु, मठ–मन्दिर र सम्पदाहरुको संरक्षण गरी अगाडी बढ्नु पर्ने आवश्यकता रहेको छ ।
जस्को लागि सहयोगको साथसाथै भीमेश्वर पूर्वाधार निर्माणको लागि दोलखावासीहरुसँगको आकाक्षा र सल्लाह अनुसार संघिय सरकारसँग हामीले अनुरोध गरे अनुसार सरकारबाट सम्वोधन भएको हो । यसमा हामी सवैले खुसी व्यक्त गर्नु पर्छ । यो हामी सवैको प्रयासले भएको भन्ने बुझ्नु जरुरी रहेको छ अव यसलाई कसरी आगाडी बढाउने भन्ने कुरा महत्वपूर्ण रहेको छ ।
यसै गरी दोलखा भिमेश्वर पुर्वाधार संगसंगै दोलखा जिल्लामा रहेका अन्य पार्टी पौवा, गुम्बाहरुलाई सरकारले निरन्तता दिने घोषणा गरि सकेको छ । बजेट भाषणमा दोलखा भीमेश्वर मन्दिरसँगै बागमती प्रदेशको दुप्चेश्वर र कोशी प्रदेशको पाथिभारा, मधेश प्रदेशको गढीमाई, गण्डकीको मुक्तिनाथ लगायतका मन्दिरहरुको संरक्षण, पूर्वाधार विकास र सौदर्यकरण गर्ने योजना रहेको छ । जुनकुरालाई सरकाले सार्वजनिक गरिसकेको छ ।

प्राचिन शहर दोलखालाई नामसँगै पहिचान कायम राख्न अव के गर्नु पर्ला ?
प्राचिन शहर भन्ने बितिकै यसको आफ्नै मौलीक महत्व, धर्म संस्कृती, परम्परा र जात्रामात्रा र सम्पदाहरुले भरिपूर्ण शहरको रुपले चिन्ने गरिन्छ । सोही अनुसार यस दोलखा शहर यो सवै कुराले भरिपूर्ण रहेको छ र यस भित्र भएको भाषा संस्कृती, परम्परा, सम्पदा र जात्रामात्रालाई निरन्तरता दिई संरक्षण गर्नु पर्ने अर्को महत्वपूर्ण कुरा रहेको छ ।
यसको लागि म प्रतिनिधी सभा सदस्यको हैसियतले मात्र नभई म प्राचिन शहर दोलखाको शुभचिन्तक भएको कारणले मेरो ठाउँबाट हरदम सहयोग गर्न तयार छु । जसको लागि एक ईञ्च पनी पछि हट्ने छैन । यसरी प्राचिन शहर दोलखा भित्रको मठ–मन्दिरको संरक्षण, जात्रा पर्वको निरन्तरता र जात्रामात्रालाई निरन्तरताको लागि सरकारले बार्षिक रुपमा बजेट विनियोजन गर्नु पर्ने हुन्छ त्यसको लागि सरकारसँग दोलखा जिल्लावासीको तर्फबाट मैले अनुरोध गरेर रातो कितावमा समावेश गरी बार्षिक बजेट विनियोजन गराउन मेरो तर्फबाट प्रयास हुनेछ ।
यसै गरी अर्को महत्वपूर्ण कुरा प्राचिन शहर दोलखा र छिमेकी राष्ट्र चाईनासँग साँस्कृतीक भागीनी सम्वन्ध स्थापना गर्नु पर्छ । जसले हाम्रो साँस्कृतीक संरक्षण गर्न थप सहयोग पुग्ने कुरामा म विश्वस्त छु । यसको लागि म प्रयत्न गर्छु दोलखावासीको सहयोग र सद्भाव आवश्यकता रहेको छ ।
प्राचिन शहर दोलखा अनी भीमेश्वर नगरपालीका दोलखा जिल्लाको मुटुमा रहेको छ । यसको विकास प्रवद्र्धनले सिङ्गो जिल्लाको धार्मीक र पर्यटकिय क्षेत्रको विकासको लागि सहयोग पुग्ने कुरामा म आशावादी छु । यसै गरी काठमाण्डौं शहरबाट दोलखा शहर करिव साढेचारघण्टाको अन्तरालमा रहेको छ ।
दोलखा जिल्लाको मुटुमा रहेको भिमेश्वर नगरको सौभायमान प्राचिन शहर दोलखालाई पौराणीक प्राचिन शहरको रुपमा विकास गर्नु पर्छ । यसै गरी यस भित्रका पर्यटकिय स्थल चम्पूजा पार्क, मञ्जुश्री पार्क र सिंहवनलाई परिमार्जन सहित विकास गर्नु पर्ने देखिन्छ । यसै गरी नगरपालीका भित्र र बाहीर आसपासका पर्यटकिय र धार्मीक तिर्थस्थल जस्तै कालिञ्चोक भगवती, शैलुङ्गेश्वर र जिरी जस्ता महत्वपूर्ण स्थानलाई थप विकासको आवश्यकता रहेको छ ।
यो संगसंगै प्राचिन शहर दोलखाको धार्मीक पर्यटकिय विकासको लागि माष्टर प्लान बनाउन जरुरी रहेको छ । यसमा तपाई हामीले समय खर्च गर्नु पर्छ जसको लागि स्थानिय निकायले विशेष ध्यान दिनु पर्छ । यसै गरी यस भित्र रहेको भाषा, धर्म, संस्कृती र धार्मीक, पर्यटकिय स्थानहरुको संरक्षण गर्नको लागि हामी एक ठाउँमा उभिएर अगाडी बढ्नु पर्छ ।
अन्तमा, प्रनिधिनी सभा सदस्य गंगा कार्कीज्यूसँग भएको भेटसँगै वहाँ संग भएको भलाकुसारीको मुल अंश हामीले यहाँ प्रस्तुत गरेका छौं । यो सँगै वहाँको दोलखा जिल्लाको धार्मीक र पर्यटकिय क्षेत्रको विकासको बारेमा विस्तृत अवधारणा हामीले छिट्टै यहाँहरुको सामु प्रस्तुत गर्नेछौ ।

संक्षिप्तमा,
साक्षात भगवान दोलखा भीमेश्वर मन्दिरको संरक्षण सम्वद्र्धन यसको भावी रुपरेखा र विकासको लागि नेपाल सरकारबाट समेटिएको सम्भवत सरकारको बजेटको ईतिहासमा नै पहिलो पटक होला । यसैगरी यस कुसल कार्यको लागिे लागि २०८० बैशाख २५ गते नेकपा माओवादी केन्द्रका नेता पुर्व महान्याधिवक्ता वरिष्ठ अधिवक्ता मुक्ति नारायण प्रधान, प्रतिनिधी सभा सदस्य माननिय गंगा कार्कीज्यू मार्फत सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननिय सुदन किरातीज्युलाई दोलखा भीमेश्वर पुर्वाधार निर्माणको लागि नगरपालिकाको सिफारिस पेश गरेको सस्मरण गर्दै यस कुसल कार्यमा अग्रणी नेतृत्व लिनु भएकोमा दोलखावासीको तर्फबाट हामीले हार्दिक आभार व्यक्त गर्दछौं । यस्तै गरी दोलखा जिल्लाको हरेक क्रियाकलापलाई सही ढंगले अगाडी बढाउन ईच्छाशक्ती मिलोस् भनी दोलखा भिमेश्वरमा हामी प्रार्थना गर्दछौं ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij