
बाँपीझ्याला, काठमाडौँ । गत वर्ष नेपाली हलमा रिलिज भएको फिल्म ‘हेल्लो जिन्दगी’ ओटीटी प्लेटफर्म अमेजनमा रिलिज भएको छ । दर्शकले अमेजनको बेलायती संस्करणमा पैसा तिरेर फिल्म हेर्न पाउनेछन् । एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्ममा विक्रम जोशी, दीपिका प्रसाईं, प्रियंका कार्कीलगायतको अभिनय छ ।

अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउन फिल्मलाई ओटीटीमा रिलिज गरिएको अभिनेता जोशीले बताए । यो फिल्मले विदेशका विभिन्न फेस्टिभलमा समेत अवार्ड जितेको छ ।
फिल्म ‘हेल्लो जिन्दगी’ले बदलाको कथा भन्छ । एक पश्चिमी मुलुकका दम्पतीले नेपालबाट धर्मपुत्र ग्रहण गर्छन् । विजय नामक सो पात्र मायाको खोजीमा छ । उसले माया पाउँछ र माया पनि गर्छ । तर धोका दिइएपछि ऊविरुद्ध बदला लिन्छ । अमेजनमा दर्शकले यो फिल्मलाई अंग्रेजी भाषामा हेर्न पाउनेछन् ।
अमेजनमा यसअघि नेपाली फिल्महरु कबड्डी ३, चिसो एस्ट्रे, हजार जुनीसम्म, शत्रुगते, मिस्टर नेपाली, चिनी कम रङ कडा, बुलबुल, चौका दाउ, आमा खान्डो, सुनाकली र गोपी रिलिज भइसकेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij