
७ माघ, बाँपीझ्याला, काठमाण्डौं । राष्ट्रिय सभाका पूर्व सांसद, शिक्षाप्रेमी, समाजसेवी एवं उद्योगपतीका रुपमा ख्याती प्राप्त काठमाण्डौं थँहिती निवासी लक्ष्मीदास मानन्धरको जिवनी पुस्तक बार्षिक पून्यतिथीको सस्मरणमा “परिवर्तनका संवाह लक्ष्मीदास मानन्धर” आज एक कार्यक्रमको विच होटेल रेडिसनमा लोकार्पन गरिएको छ ।

जनकवि दुर्गालाल श्रेष्ठको सभापतीत्वमा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथी पूर्व प्रधानमन्त्री, नेकपा समाजवादीका अध्यक्ष माननिय माधवकुमार नेपाल, अतिथीहरुमा नेवाः देय् दवुका केन्द्रिय पूर्व अध्यक्ष एवं नेवा अभियान्ता मल्ल के सुन्दर, उद्योगपती रुपज्योती कंसाकार, डा. चुन्दा बज्राचार्य, निवर्तमान संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री जिवनराम श्रेष्ठ, पूर्व बागमती प्रदेश सरकार खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री बसन्त मानन्धर, पूर्वमन्त्री दिलीप महर्जन लगायत विशिष्ट व्यक्तीत्वहरुको उपस्थिती रहेको थियो ।


कार्यक्रममा उपस्थित प्रमुख अतिथी, विशेष अतिथी, अतिथी र आमन्त्रीत विशिष्ट व्यक्तीत्वहरुलाई वहाँको छोरा नारायणदास मानन्धरले स्वागत भाषणबाट स्वागत गर्नु भएको थियो । यसै गरी छोरी गुणकेशरी मानन्धर प्रधान र विजयालक्ष्मी मानन्धरले खादा लगाएर आतिथ्यको स्वागत गर्नु भएको थियो ।

प्रतिशोभा श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रमको आयोजक परिवारको तर्फबाट छोराहरु देवदास मानन्धर र नारायणदास मानन्धर रहेको छ । यस कार्यक्रममा मानन्धर संघ ठहिटी परिवार र परिवारको सदस्यहरुको विशेष उपस्थिती रहेको थियो ।


दिवंगत लक्ष्मीदास मानन्धरको जिवनीको बारेमा चर्चा गर्न खोजिएको उक्त प्रकाशन किर्ती “परिवर्तनका संवाहक लक्ष्मीदास” को लेखन र सम्पादनमा लक्ष्मण अधिकारी र शुभेच्छा विन्दु तुलाधर रहेको छ ।

दुईसय साठ्ठी पृष्ठ पनामा, एघार खण्डमा बिभाजन गरी संक्षिप्त जिवनी प्रस्तुत गर्न खोजिएको उक्त किर्तीमा शुभारम्भदेखि सोच र शैली, धर्म, व्यवसाय, स्वास्थ्य, शिक्षा, नेपाल भाषा, शिक्षा र जागिर, मानन्धर समूदायमा लक्ष्मीदास, राजनिती र संक्षेपमा लक्ष्मीदास शिर्षक समावेश गरी वहाँलाई नजिकबाट प्रस्तुत गर्न लेखक र सम्पादक सफल देखिएको छ ।

यसबारेमा छोरा नारायणदास मानन्धरको भनाई अनुसार “बुबाका जिवनका पाइलाहरु, उतारचढाव र महत्वपूर्ण कार्यहरु स्मरण गराउने कैयौ महत्वपूर्ण सन्दर्भहरु त छर्दै छन् । साथै एक साधारण व्यक्ती आफ्नो मेहनत र लगनशिलताले कहाँबाट कहाँसम्म पुग्न सक्दो रहेछ भन्ने कुरा प्रष्ट्याउने थुप्रै घटनाक्रमहरु जोडिएका छन् । त्यसकारण विशेष गरी युवा पुस्ताको लागि त वहाँको जिवनी ज्यादै अनुकरणीय एवं प्रेरणादायी हुनेछ भन्ने कुरामा आफु विश्वस्त रहेको बताउनु हुन्छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij