दोलखा जिल्ला तत्कालिन दोलखा गाउँपञ्चाय वडा नं. ५ गुर्कोट टोल हाल भीमेश्वर नगरपालीका वडा नं. २ गुर्कोट टोलमा वि.सं. १९९८ साल असोज १५ गते बा जितनारायण प्रधान र आमा डिल्लीलक्ष्मी प्रधानको कोखबाट जन्मनु भएका जेष्ठ सुपुत्र टिकानारायण प्रधान हुन ।
वि.सं. २०२५ सालमा भीमेश्वर नगरपालीका निवास बा शंखलाल श्रेष्ठ र आमा दिर्घकुमारी श्रेष्ठको कान्छी सुपुत्री रेखा श्रेष्ठ प्रधान (रामदेवी प्रधान) संग दाम्पत्य जिवनमा बाँधिन्नु भएको थियो । यसरी दाम्पत्य जिवनमा बाँधिन्नु भएका आदरणिय टिकानारायण प्रधानज्यूको एक छोरा आर्दश प्रधान र चार छोरी किरण प्रधान, निलम प्रधान, निरु प्रधान र कान्छी छोरी निशा प्रधान हुनु हुन्छ ।

सरकारी सेवा अन्तर्गत पशु स्वास्थ्य सेवामा ३६ बर्ष ६ महिना कार्यरत टिकानारायण प्रधान स्थानिय निकायको २०५४ को निर्वाचनमा भीमेश्वर नगरपालीका वडा नं. २ का अध्यक्ष पदमा निर्वाचित भई दोलखावासीहरुको सेवामा आफ्नो कार्यकाल सफलपूर्वक विताउनु भएको थियो । जुन बेला भीमेश्वर नगरपालीका पहिलो नगर प्रमुख चोकबहादुर दाहालज्यूको कार्यकालमा वहाँले पाखलती बसपार्कदेखि भीमेश्वर मन्दिरको परिसरसम्म ढुंगा ओच्छ्याउन सफल हुनु भयो ।
यसै गरी जात्रामात्रा संचालन गर्ने मुख्य मुख्य ठाउँहरुमा ढुंगा ओच्छ्यान सफल हुनु भएको थियो । पछिल्लो समयमा बस्ती विकास भएको पाखलती बसपार्क र यस आसपासमा सार्वजनिक जग्गा स्थानिय वासिन्दाले अतिक्रमण नगरोस् र सार्वजनिक जग्गाको संरक्षण गर्नु पर्छ भन्ने उद्देश्यले डिमार्केशन गर्नु भएको थियो ।
यसै गरी तत्कालिन भीमेश्वर नगरपालीकाको तत्कालिन १३ वडा मध्ये वडा नं. २ उत्कृष्ठ विकास निर्माणमा कार्य गरे बापत प्रथम पुरस्कार रु. १ लाख प्राप्त गर्नु भएको थियो । उक्त पुरस्कार रकमबाट तिखातलबाट सिंहबन सम्म पानी ल्याई खानेपानी निर्माण गर्नु भएको थियो जुन खानेपानी हालसम्म संचालन रहेको छ ।

यसै गरी २०५८ पौष २७ गते जिल्ला बिकास समिति दोलखाबाट जिल्लाको एकिकृत बिकासमा उल्लेखनीय योगदान गरे बापत नगद सहित सम्मान पत्र प्राप्त गर्नु भएको थियो । २०४२ साल बाट नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामा आजिवन सदस्य हुनु भएको र त्यसपछि कार्यसमितिमा उपकोषाध्यक्ष, कोषाध्यक्ष, मन्त्री हुदै सभापती हुनु भएको थियो ।
यसरी करिब ३१ बर्ष भन्दा धेरै समय नेपाल रेडक्रस मार्फत समाज सेवामा कार्य हुनु भएका पूर्व वडाध्यक्ष एवं समाजसेवी जेष्ठ नागरिक आदरणिय टिकानारायण प्रधान २०७० सालमा नेपाल रेडक्रस सोसाइटीबाट स्वर्ण जयन्तीको अबसरमा बिशेष सम्मान नेपाल रेडक्रस सोसाईटी दिर्घ सेवा पदकबाट बिभुषित हुनु भएको थियो । २०७३ सालमा नेपाल रेडक्रस सोसाइटीबाट रक्तसन्चार सेवाको बिकासमा उत्कृष्ठ योगदान गरेकोमा नेपाल रेडक्रस सोसाईटी बिशेष सम्मान सहित सेवा पदकबाट बिभुषित हुनु भयो ।

यसै गरी प्राचिन शहर दोलखामा २०३१ सालमा स्थापना भएको द्वाल्खा गुठीबाट सामाजिक कार्यमा उत्कृष्ठ योगदान गरे बापत विशेष सम्मान गरिएको थियो ।
साक्षात भगवान दोलखा भीमेश्वर मन्दिर जिर्णोद्धार तथा सुधार समितिको स्थानीय संयोजक रहेर मन्दिरको निर्माणमा योगदान गर्नु भएको थियो । यसै गरी त्रिपुरा सुन्दरी जिर्णोद्धार तथा सुधार समितिको संयोजक रहेर मन्दिरको निर्माणमा योगदान गर्नु भएको थियो ।
२०५७ साल देखि हालसम्म बाजे मेहरमान प्रधानको नामबाट समाजसेवाको लागि आफु र दाजुभाईहरु मिलेर सञ्चानमा ल्याएको मेहरमान फाउन्डेशनको संस्थापक अध्यक्ष हुर्दै हालसम्म निरन्तरता दिनु हुर्दै समाज सेवामा निरन्तर सहयोग गर्दै आउनु भएको छ ।
समाजसेवी, भीमेश्वर नगरपालीका वडा नं. २ का पूर्व अध्यक्ष एवं जेष्ठ नागरिक आदरणिय टिकानारायण प्रधान समाजसेवी र जनप्रतिनिधी मात्र नभएर समय समयमा गोरखापत्रमा दोलखाको नेपाल भाषामा लेख रचना प्रकाशन गर्दै हाल निजी निवास भीमेश्वर नगरपालीका सिंहवन र कहिले काठमाण्डौं बसुन्धरा स्थित निवासमा दैनिक जिवन विताउदै सामाजिक कार्यमा सक्रिय सहभागी जनाई सहयोग गर्दै आउनु भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij