Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

तिम्रै लागि भएपनि ...

तिम्रै लागि भएपनि ...

गीत

हरि श्रेष्ठ, दोलखा

तिम्रै लागि भएपनि, एउटा नास‍ो थिएँ प्रिय,
त्यही नासो पनि आज,किन पासो भएँ प्रिय
थियौ मेरो प्यारो मान्छे, एक्लै छ‍ोडेर गयौ,
सँगै ज्युने सँगै मर्ने, बाचा बन्धन तोडेर गयौ !
अरुसित बदला होइन आफ्नैसित लियौ प्रिय,
जस्तो सोचेको थिएँ मैले, त्यस्तै भई दियौ प्रिय !
आफ्नैलाई धोखा दिई, अर्कालाई साथ दियौ,
जिन्दगीमै नमेटिने गरि,मलाई ठुलो दाग दियौ !
तिम्रै लागि भएपनि , एउटा नासो थिएँ प्रिय,
त्यही नासो पनि आज, किन पासो भएँ प्रिय ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार