Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

गजल

गजल

बिके श्रेष्ठ पासा

जबदेखि हेरिदियौ –तिमीले संसार अर्कै भो,
मनैदेखि बेह्रिदियौ –तिमीले मुहार अर्कै भो ।

सोचे जस्तो हुन्नन् न त खोजे जस्तै हुन्छ,
जरैदेखि रोपिदियौ तिमीले भण्डार अर्कै भो ।

थिएँ म त पहिले एक्लै मात्रैे आभास खाली,
भित्रैदेखि सोचिदियौ तिमीले सत्कार अर्कै भो ।

सुनसान गल्लीभित्र –अन्जान थिएँ म एक्लै,
शुरुदेखि लेखिदियौ तिमीले प्रचार अर्कै भो ।

प्रसन्नता छाउन थाल्यो तिमी सामु पाउँदा,
प्रितदेखि टेकिदियौ तिमीले आधार अर्कै भो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार