Nov 26 2026 | २०८३, मंसिर १०, गते

Nov 26 2026 | २०८३, मंसिर १०, गते

समाजसेवी माधवमणी राजभण्डारीको सस्मरणमा श्रद्धाञ्जली सभा

समाजसेवी माधवमणी राजभण्डारीको सस्मरणमा श्रद्धाञ्जली सभा

बाँपीझ्याला, काठमाण्डौं । दोलखाका अग्रज समाजसेवी, द्वाल्खा गुठी र कालिञ्चोक युवा क्वल दोलखाका पूर्व अध्यक्ष एवं नेपाली काँग्रेसका नेता माधवमणी राजभण्डारीे दिवंगत भएको आज १० औं दिन भएको छ । यस तिथीमा दोलखाका सामाजिक संघ–संस्थाहरुले संयुक्त रुपमा सरला निवास मण्डीखाटारमा दिवंगत आत्माको चिरशान्तीको लागि श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।

द्वाल्खा गुठी, कालिञ्चोक युवा क्लव, लायन्स क्लव अफ दोलखा, बनारसी सहयोगीहातहरु, साथीको साथी, समकालिन एकता समाज नेपाल र द्वाल्खा म्यासमुचा खलकको संयुक्त आयोजना रहेको उक्त कार्यक्रममा द्वाल्खा गुठीका महासचिव एवं बाँपीझ्याला डटकमका सम्पादक उपेन्द्र प्रधानले दिवंगत माधवमणी राजभण्डारीको जिवनी बारेमा सस्मरण सहीत वहाँको जिवनका महत्वपूर्ण योगदान र घटनाको बारेमा स्मरण गर्नु भएको थियो ।

यसै गरी व्यक्तीत्व सस्मरणमा आफ्नो विचार राख्नु हुनेहरुमा डा.श्याम जोशी, प्रा. अमन श्रेष्ठ, लायन्स क्लव अफ दोलखाका पूर्व अध्यक्ष रमेश प्रधान र धन्यवाद ज्ञापन क्लवका अध्यक्ष निरेन्द्र मास्केले गर्नु भएको थियो । कार्यक्रम संचालन क्लवका महासचिव अनिलचन्द्र श्रेष्ठले गर्नु भएको थियो ।

आयोजक संस्थामा द्वाल्खा म्यासमुचा खलकको तर्फबाट भने उक्त श्रद्धाञ्जली कार्यक्रममा कोही प्रतिनिधीहरुको उपस्थीती रहेको थिएन भने अन्य संघ–संस्थाहरुबाट प्रतिनिधीमुलक रुपमा सहभागीता रहनुका साथै दोलखावासीहरुको बाग्लै उपस्थित रहेको थियो ।

उपस्थित सम्पूर्ण दोलखावासीहरुले दिवंगत माधवमणी राजभण्डारीको फोटोमा माल्यार्पण गर्नुका सार्थै फुल चढार्ईएको थियो भने दिवंगत आत्माको शान्ती कामना सहित वहाँको सम्झनाको लागि १ मिनेट मौन धारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार