अजय प्रधान
बाँपीझ्याला, दोलखा । प्राचिन शहर दोलखा जाने बाटोको प्रवेशद्वार ढुङ्गा फुटेर चकनाचुर हुदै गएको छ । तर यहाँ कोहि दोलखावासी लगाएत सम्वन्धीत निकाय कसैको पनि ध्यान गएको छैन ।
ऐतिहासिक प्राचिन शहर दोलखा भीमेश्वरको प्रवेशमार्ग पाखलती ईन्द्रसिहदेव चोक, बसपार्कदेखि प्रशिद्ध दोलखा भिमेश्वरमार्ग सम्म भीमेश्वर नगरपालीका वडा नं २ का पुर्व वडाअध्यक्ष टिका नारायण प्रधान र पूर्व मेयर चोक बहादुर दाहालको कार्यकालमा विशेषतः वहाँहरुको पहलमा ढुङ्गा विच्छ्याउने कार्य सम्पन्न गरिएको हो ।

बिच्छ्याईएको ढुंगा करिब २ दशक टिकेको स्मरण गराउन चाहन्छौ । तर २०७२ सालमा आएको विनासकारी भुकम्पले तहस नहस गरेको दोलखा शहरको बस्ती पुनर्निर्माणको क्रममा सडक क्षमता भन्दा वजन बढि भएको ट्रक, टिपरमा सामान ढुवानी गर्दा लोड ट्रक, टिपरको तौल थेग्न नसकेर ढुङ्गाहरु किचेर चकनाचुर भई ऐतिहासिक शहरको सौन्दर्य दिनानुदिन घट्दै जादा र दुर्घटनाको सिकार बन्न लाग्दा सम्बन्धित स्थानिय सरकार बेखबर छ ।



प्रसिद्ध भिमेश्वर मन्दिर र दोलखा ऐतिहासिक शहरको प्रमुख आवतजावत गर्ने मुल स्थलको रुपमा रहेको सो स्थानका दायाँवायाँका ढल र ढलका सल्यापहरु समेतफुटेर भाचेर अव्यवस्थीत बन्न पुगेको छ । विगत वर्षा याममा सो ढलका ढकनी, सल्याप भाचेर ढल पुरेर बजार, बालमन्दीर, टसिचा हुर्दै छोवती जाने बाटो समेत डुबानमा परि क्षति हुदा समेत नगरपालिका सम्बद्ध कुनै सरोकार निकायको चासो गएको देखिएको छैन ।
हाल पनि स्थानिय समाजसेवी तत्वकृष्ण श्रेष्ठ र रामचन्द्र श्रेष्ठज्युको घर अगाडी रहेको ढलको सल्याप भाचेर यातायात सवार गर्दा दुर्घटनाको एम्बुस थापेर बसेको जस्तै छ यसलाई समयमा ध्यान दिन नसकेको अवस्थामा ठुलो दुर्घटना भई मानविय क्षति हुने सम्भावना रहेको छ ।
त्यसैले उक्त चकनाचुर भएका ढुङ्गाहरुलाई अहिले तत्काल मर्मत गरि मर्मत सम्भार गरेको अवस्थामा कम लागतमा बन्न सक्ने स्थानिय होटेल व्यवसायी अमित श्रेष्ठको भनाई रहेको छ तर वेवास्ता गरि समयमा नै मर्मत सम्भार गरिएन भने भविस्यमा धेरै लागत लाग्नुका साथै यो भन्दा ठुलो क्षति वेहोर्नु पर्ने हुन सक्छ भनी श्रेष्ठ लगाएत स्थानिय दोलखावासीहरुको भनाई रहेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij