बालकृष्ण श्रेष्ठ “पासा”
सायद कमैलाई थाहा होला ती व्यक्तिको व्यक्तित्व ! जजसलाई थाहा थियो ती व्यक्तिहरू नो यस धर्तीबाट विलय भैसकेका छन् तरती विलय भैसकेका व्यक्तिहरूको इतिश्री पुराण जानेर यो सामाजिक दुनियाँमा जीवितै छन् सबैको मनमा बस्न सफल बनेका छन् एक युग पुरुष जसले ११ वर्षको बाल्यबोध अवस्थामा पनि न राणाहरूसंग थर्कमान बनेर ओडारमा लुके न त काँग्रेसका जल्दाबल्दा नेताहरूसंग नै हच्किएर बुइँगलमा लुके । झन् साहस निकालेर हजारौंको भीडको बिचमा उभिएर तत्कालीन प्रधानमन्त्री मातृका प्रसाद कोइरालाको एकल गुलामीपनका विरुद्धमा टुँडिखेलको खुलामञ्चमा भाषण भैरहँदा यिनै ११ वर्षीय बालकले कालो झण्डा देखाएर तहल्का मच्चाएको थियो । उनै बालकको नाम हो तुलसी नारायण खम्हु श्रेष्ठ हो । हाल उहाँ ८३ वषर््को हुनुहुन्छ ।
काठमाडौ महानगरपालिका वडा नं. ५ बौद्धमा मिति विक्रम सम्वत् १९९६ साल जेठ १० गते शुक्लपक्ष पंचमीको दिनमा पिता तुलसी दास श्रेष्ठ र माता तिल माया श्रेष्ठको कोखबाट जन्मनु भएका तुलसी नारायण् खम्हु श्रेष्ठको बाल्यकाल यही बौद्ध वरिपरि नै व्यतीत भएको हो, उहाँको पारिवारिक पृष्ठभूमिमा उहाँका आठ बहिनी छोरीहरूमा सातजना छोरीहरू यतै काठमाडौ वरिपरि नै वैवाहिक जीवनमा व्यतीत छन् भन एक छोरीको देहावसान भैसकेको छ । हाल उहाँ चाबहिलको गोपीकृष्ण सनिेमा हल र नेपाल चलचित्र बोर्डको ठिक पारिपट्टि बस्नु भएको छ ।
बौद्धमा बस्ने अधिकांश तामाङ जातिहरू संग हिमचिम बढी भएकोले उहाँलाई नेवार भाषाको अलावा तामांग भाषा पनि स्पष्ट बोल्न आउँछ । तामांग जातिका मान्छेहरूको निडर स्वभावको वातावरणमा हुर्केकोले उहाँमा डर भन्ने कुरा नै के हो भन्ने थाहा थिएन । बोल्नमा हक्की हुने भएकोले नै जुनसुकै बेलामा उहाँलाई नै लिएर हिंड्थे रे त्यतिबेलाका काँग्रेसी नेताहरू ।
आजको इतिहासमा शायद तुलसी नारायणको बारेमा उहाँको पृष्ठभूमिलाई खोतलेर लेखिएको छैन होला शायद । तर उहाँलाई विगतका प्रजातन्त्र ल्याउनु भन्दा पहिलेका ऐतिहासिक पुरुष जस्तो कि मातृका प्रसाद कौइराला, विश्वेशर प्रसाद कोइराला, गिरीजा प्रसाद कोइराला लगायतका लौह पुरुष गणेशमान सिं, कृष्ण प्रसाद भट्टराई, डा. के आई सिं, सुवर्ण शमशेरसम्मका शीर्ष पुरुष लगायत नेपाली कम्युनिष्ट आन्दोलनका पुष्पलाल श्रेष्ठ जस्ताका इतिहासहरू वृतान्त थाहा छ र यही देशको लागि को कसले कत्तिको योगदान दिए र कसले कति बेइमानी गरे भन्ने कुराको लेखाजोखा अहिले पनि सुनाउन उहाँ हिच्किचाउनु हुन्न ।
नेपालको इतिहासमा घटेका पुराना इति वृतान्त कथाहरू बारे बुझ्न खोज्दा उहाँले राणाशासनको पद्धतिलाई कठोर शासनको रूपमा लिनुहुन्छ, किनकि राणहरूका पुरुष वर्गमा देखिएका अमानवीय ज्यादतीलाई कहिल्यै पनि भूल्न नसक्ने बताउनुहुन्छ । आम नागरिकका छोरीचेली अलिकति राम्री देख्नै नहुने, कसैबाट कसैको छोरीबुहारी, भाउजू, नन्द जो भएपनि दर्बामा उपस्थित गराउनै पर्ने यदि आइपुगेन भने छाकबास नै हडपि दिने गर्थे रे, राम्री महिला नारी जस्तोसुकै भएपनि पानी चले पुग्ने भनेर उर्दी लगाउँथे रे, यिनै कारणले गर्दा पनि राणहरूको संख्या वृद्धि भएको बताउनु हुन्छ ।
यी महान पुरुषसंग राणाहरूको बारेमा केही जान्ने जिज्ञासा राख्दा उहाँले भन्नुभयो,–“ मलाई त्यतिबेला राजनीति के हो थाहा थिएन, तर राणाहरूले गरेको ज्यादती बारे सुन्दामात्रै भित्रभित्रै रगतउम्लेर आएको जस्तो भान हुन्थ्यो, तर म सानै थिएँ हम्मेसी केही गरिहाल्न सक्ने अवस्थामा थिइन, जतिबेला म मेरौ आफ्नै घरबौद्धमा थिएँ, एकदिन हामीले चिनजान गरेका कुल बहादुर शाक्य दाई हाम्रो घरमा आउनु भयो, हुन त उहाँ दार्जिंिलंगबाट नेपाल आउनु भएको थियो, उहाँ काँग्रेसमा आवद्ध हुनुहुँदोरहेछ सो कुरा पछिमात्रै थाहा भयो, नेपालमा राणाहरूले अति नै दुख दिएपछि केही कुरा जान्न बुझ्न र केही साथ सहयोग पाउनको लागि उहाँ उता जानु भएका रहेछ………………।
क्रमशः ……
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij