Oct 10 2026 | २०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

मुक्तक

मुक्तक

तन मन एकैसाथ धन नभए पनि,
जीवन सदाबहार बन नभए पनि,
फकीर जल्छ देह मात्रै दाउराबाट,
माया अटल अमर तन नभए पनि ।

व्यथा बुझ्दैनौ तिमी तारिफ गर्छौ रुपको,
कथा सुन्दैनौ तिमी प्रशंसा भर्छौ मुखको,
क्षमता अवस्था बुझि दिए असल होला,
पथमा कुर्दैनौ तिमी ईनाम (छर्छौ जूनको ।

स्वतन्त्र हिंड्नु एउटा सिमा हुन्छ हठ हुदैन,
परतन्त्रमा पिउनु पनि धिमा हुन्छ हद हुदैन,
कसैले रोकावट गर्छ भन्दैमा रोकिदैन गति,
स्वाधीनतामा जिउनु गरिमा हुन्छ खत हुदैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार