बाँपीझ्याला, काठमाण्डौं । बझाङमा हिँउमा चिप्लिएर ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको थलारा गाँउपालिका ३ चाउडिधारमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
दुर्घटनामा ट्याक्टरका सहचालक थलारा गाँउपालिका २ का २५ वर्षीय लाल दाहलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
बिहिबार साँझ झनानाबाट बालुवा लिएर दंगाजीतर्फ जाँदै गरेको सुप्रप ०१००२ त ५७२७ नम्बरको ट्याक्टर हिँउमा चिप्लिएर दुर्घटना भएको थियो।
निरन्तरको हिमपातका कारण उद्वारमा समस्या भएको प्रहरीले बताएको छ। गए रातिको वर्षासँगै परेको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij