दोलखा जिल्लाको नामाकरण नै साक्षात भीमेश्वर विराजमान भएको पौराणिक एवम् धार्मिक स्थल दोलखाको नामले प्रचलित भएर नै दोलखाको पहिचान खुलेको कुरा सर्वविदितै छ । यसै गरी दोलखाका तीन देवी त्रिपुरा सुन्दरी माई, बालकुमारी माई र कालिन्चोक माईको बारेमा अनेकौं किंवदन्तीहरू पढ्न सुन्नमा आउँछ, धेरैले धेरै थरिका लोकोक्ति सुनाएका पनि छन् ।
जसमा ती तीन देवीको फरक फरक रूपमा चाडबाड पनि मनाइँदै आएको छ । जुन कालिन्चोक माताको प्रसङग जनै पूर्णिमाको अघिल्लो दिन दैत्यहरूको अत्याचारको निर्मूल गर्न त्रिपुरा सुन्दरी र बालकुमारीको क्षमताले नभ्याएको कारणले कालन्चोकमाईसंग गुहार मागेर सैन्य सहितको हतियार प्राप्त गरेर दैत्य राक्षसहरूसंग लड्न तम्तैयार हुन आशिर्वाद सहित फर्केको प्रसङ्ग छ भने यसलाई ’ “गुन्लाँ पुनिस” र “ठूलो लाखे” (ड्वाकु डाकस) नचाउने जात्राको रूपमा हालसम्म मनाउँदै आएका छौं ।


यस कार्यमा दोलखाको स्थानीय गुठीयार थरि (जिम्मेवाल) हरू मिलेर आफ्नो परम्परागत रीतिरिवाजलाई निरन्तरता दिँदै आएका छन् । त्यसैगरी त्रिपुरासुन्दरी माईको बारेमा भन्नुपर्दा अघिपछि शान्त मुद्रामा विश्राम गरे झैं दिदीबहिनीको आशिर्वाद र सत्कारमा बसेकी हुन्छ ।
यसरी कालिन्चोक माईको सहारामा दैत्यहरूलाई संहार गरेपछि आनन्दको महशुस गरिरहेको अवस्थामा बारम्बार अदृश्य बनेर राक्षसहरूले दुःख दिएकोले बडादशैंको भोलिपल्ट एकादशीको दिनमा सबै भक्तजनहरू र लोकवासी जम्मा भएको बेलामा ती दैत्यलाई सखाप पार्न आफ्नो पुत्र वटुक भैरवलाई जगाएर दैत्य संहार गरेको प्रसङ्ग छ । जुन अहिलेसम्म पनी खड्गजात्राले यसबारेमा छर्लङ्ग बनाएको छ ।
त्यस्तैगरी देवी बालकुमारी आफैमा चुलबुले चञ्चले हुने र रातो लुगा लगाएको मानव विशेषतः कुमारी स्त्रीहरूलाई दुःख दिने गरेकीले तान्त्रिकले उनैलाई रातो वस्त्र धारण गराएर अरूहरू पनि आफै जस्तो रातो वस्त्रागार देखिए पछि अनाहकमा दुःख दिन छोडेकोले पनि उनको महिमा बढेको हो ।
चैत बैशाखमा फूल्ने लालीगुराँस र रंगीबिरंगी चिमालले ढाकिएको सौन्दर्यको रसपान गर्न र पुस माघतिर परेको हिउँको पहाड हेर्न र हिउँसंग खेल्नका लागि मात्रै ओइरिएका देखिन्छन् । यसका लागि यथार्थ जानकारी दिलाउन जरूरी छ कि हरेक भक्तजनहरूले कालिन्चोक माताको दर्शन गरेर फर्केपछि अन्य दुइ देवीको पनि दर्शन गर्न जरूरी रहेको भनाई रहेको छ ।
अहिले सम्म गाईजात्राको भोलिपल्ट द्वितियाको साँझदेखि पाँच रातसम्म रक्त वस्त्र र रातै मकुन्डोमा भैरवको पछि पछि नचाउँदै दोलखा शहर घुमाउने परम्परा रही आएको छ । उनको शारिरीक सुन्दरताको कारणले अन्य दैत्यहरूले बारम्बार दुःख दिने गरेको कारणले नै भैरवलाई साथमा राखेर अगाडि लगाउँदै आफू सुरक्षित भएको सन्दर्भमा हामीले बुझ्न जरुरी रहेको छ ।
यसरी तीन दिदीबहिनीको आ–आफ्नो अस्तित्व छ महत्व पनि उत्तिकै छ । तर यहाँनिर कालिन्चोक माईको दर्शन गर्न जाने आन्तरिक भक्तजन तथा पर्यटकहरूले ती कुरालाई मनन गरेको देखिएन ।
चैत बैशाखमा फूल्ने लालीगुराँस र रंगीबिरंगी चिमालले ढाकिएको सौन्दर्यको रसपान गर्न र पुस माघतिर परेको हिउँको पहाड हेर्न र हिउँसंग खेल्नका लागि मात्रै ओइरिएका देखिन्छन् । यसका लागि यथार्थ जानकारी दिलाउन जरूरी छ कि हरेक भक्तजनहरूले कालिन्चोक माताको दर्शन गरेर फर्केपछि अन्य दुइ देवीको पनि दर्शन गर्न जरूरी छ । नत्र अनेकौं कष्ट झेलेर, पहाड चढेर कालिन्चोक माताको दर्शन गरेर फर्किनुको औचित्य नरहेको भनाई रहेको छ ।
जति आदर, सद्भाव र स्नेह राखेर हामीले आफ्ना दिदीबहिनीलाई माया गर्न भुल्दैनौं, यदि कथङ्कदाचित् कुनै एक बहिनीलाई सम्झिनमा अन्जानवश भूल हुन गएमा तिनको अवश्य चित्त दुख्छ र मन उदास बनाउन सक्छे । जसको कारण थाहा भएपछि हामीमा जुन ग्लानी उत्पन्न हुन्छ त्यसले कहिल्यै पनि संतोष प्राप्ति हामीले गर्न सक्दैनौं ।
यसरी तिन दिदीबहीनकिो महिमा एउटै भएको कारणले स्थानिय वासिन्दाहरुको भनाई अनुसार कसै कसैले कालिन्चोक माताको दर्शन गरेर दोलखाको भीमेश्वर मन्दिर, त्रिपुरा सुन्दरी माई र बालकुमारीको दर्शन नगरीकन बीचबाटोबाट फर्किनेहरूको यात्रा फलदायी हुदैन भन्ने मान्यता रहेको छ । यसलाई गलत अर्थमा नबुझीकन तीनवटै देवीको दर्शन गरिने चाँजो मिलाएर गएमा सम्पूर्ण मनोकामना पूर्ण हुनेकुरामा विश्वास राखिएको पाईन्छ ।
अब दोलखाको भीमसेनको त यहाँ चर्चा गरिरहन जरुरी नहोला, किनकि भीमसेन देवताको महिमा र महत्व नबुझ्ने भक्तजन र प्रियदर्शीहरूको कुनै नहोला ।
१२–१३ दिन हिँडेर त्यो पनि पञ्चबलिको लागि राँगो, थुमा, बोका, अनि भाले र परेवा बोकेर टोलकै मान्छे दोलखा बजारमा आइपुग्दा कति रमाइलो हुन्थ्यो कति त्यसको लेखाजोखा थिएन ।
यसरी दोलखा कालिन्चोक भगवतीलाई दर्शन गर्नु र गराउनुमा व्यापारीकरण नहुँदा झनै राम्रो होला, उनै भगवतीको आँगनमा होटल, रिसोर्ट, पाहुनाघर बनाएर बसेर आगन्तुक पाहुना र भक्तजनहरूको मन विचलित हुने खालका व्यापार गरेर भक्तजनहरुको सन्तुष्टी नै कालिन्चोक भगवतीको मन प्रशन्नता रहेको हाम्रो मान्यतालाई शरण गर्नु नै हामी सवैको सन्तुष्टी र कल्याणको कुरा हुनेछ भन्नेमा हामी विश्वस्त छौं ।
निकै वर्ष अगाडिको ती धार्मिक स्थलहरूमा पैदल जाँदा जति आनन्द प्राप्तिको महशुस हुन्थ्यो अहिलेको सेवा सुविधाको यात्रामा त्यत्ति रौनकता मिलेको महशुस भएको छैन ।
१२–१३ दिन हिँडेर त्यो पनि पञ्चबलिको लागि राँगो, थुमा, बोका, अनि भाले र परेवा बोकेर टोलकै मान्छे दोलखा बजारमा आइपुग्दा कति रमाइलो हुन्थ्यो कति त्यसको लेखाजोखा थिएन ।
एकातिर भीमेश्वर मन्दिरमा बजेको घण्टाको ध्वनिले सबैलाई आकर्षित पार्दथ्यो भने, अर्कोतिर जुहारी, दोहरीले शह नै संस्कृतिमय हुन्थ्यो ।
अहिले त नाडी घडी छोडेर मोबाइको दूरीमा गाडी कुदाउने, दर्शन गर्ने हतार हतार समैबजि प्रसाद खाने अनि सुविधा सम्पन्न होटलको कोठा बुक गर्ने रमाउने अनि फर्किने मात्रै गर्दा दोलखाको बजार त खाली सिसी र प्लास्टिकको झोला थुपार्ने भाँडो बनेको जस्तो लाग्छ ।


स्थानीय स्तरका सम्बन्धित निकायले पनि भीड होस् या नहोस् त्यत्ति चासो नदिएर पो हो कि यदाकदा दोलखाको खासै गुणगान गरिएको सुन्न पाइएको छैन । स्थानीय धर्मवेतहरूले दोलखामा कुन कुन देवताको मन्दिर मूर्ति छ ? ती देवताको अस्तित्व र महत्व के छ ? भीमेश्वरको मन्दिर दर्शन गर्न आउनेहरूले फलानो ठाउँको देवी देवतालाई पनि दर्शन गरेपछि मात्र मनोकामना पूर्ण हुन्छ भन्ने कुरा बुझाउन सक्नुपर्ने हो त्यो हुन सकेको छैन ।
भीमेश्वर दर्शन संग सम्बन्धित निकाय, गुठी निकाय र स्थानीय ठूला क्लवसंग आवद्ध संघसंस्थाका सम्पर्क समितिले स्वयंसेवकको व्यवस्था गरेर दोलखामा अरू देवस्थल पनि छन् है भनेर पहिचान दिन नसक्नु नै धार्मिक र ऐतिहासिक पृष्ठभूमि ओझेलमा पर्दै जानु रहेको छ ।
अझै कुरा खोतलेर हेर्दा भीमसेन महाराजसंग आवद्ध तीन देवी त्रिपुरा सुन्दरी, बालकुमारी र कालिन्चोक भगवतीको दर्शनको क्रमबध्दता हेर्दा दोलखा शहरको पश्चिममा रहेको गणेशको दर्शन गर्ने अनिमात्र भीमसेन देउता, अनि त्रिपुरासुन्दरी, अनि बालकुमारी त्यसपछि मात्रै कालिन्चोकको दर्शन गर्ने नियमलाई निरन्तरता दिनुपर्ने हो त्यो कुरामा कसैको ध्यान गएको देखिएन । यसतर्फ विशेष ध्यान जावस् भन्ने विशेष चासो छ । जय भीमसेन, जय त्रिपुरासुन्दरी, जय बालकुमारी, जय कालिञ्चोक, जय दोलखा, !!
































यसमा प्रयोग गरिएको फोटोहरु धेरैजसो बाँपीझ्याला डटकम आफैमा निहित छ भने केही फोटो पत्रकार सन्जीप श्रेष्ठ, स्थानियवासी टिका प्रसाद जोशी, जनप्रतिनिधी राजेश श्रेष्ठ र केही दोलखाका स्थानिय पत्रकारहरुको फेसबुकबाट साभार गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
बाँपीझ्याला खलक, द्वाल्खा ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij