
दोलखा जिल्ला पूर्व दोलखा गाउँ पञ्चायत वडा नं. –४ हाल भीमेश्वर नगरपालीका वडा नं. –२, दुङ्गल टोल, दोलखामा वि.सं. १९७८ भाद्र ५ गते ईन्द्रजात्राको दिनमा बुबा स्वर्गिय सिद्धिमान श्रेष्ठ र आमा स्वर्गिय शंखलक्ष्मी श्रेष्ठको कोखबाट जन्मनु भएका कान्छि छोरी बर्ष ९९ की सुर्वण लक्ष्मी श्रेष्ठ हुुनु हुन्छ ।
पूर्व दोलखा गाउँ पञ्चायत वडा नं. –८ हाल भीमेश्वर नगरपालीका वडा नं. –२, डोक्छे टोल दोलखामा स्वर्गिय सिद्धिलाल श्रेष्ठ र कालि श्रेष्ठको छोरा स्वर्गिय राजलाल श्रेष्ठ संग १४ बर्षको उमेरमा बैबाहिक सम्वन्धमा गाँसिन्नु भएका जेष्ठ नागरिक श्रेष्ठज्युको एक छोरा स्वर्गिय तेजराज श्रेष्ठ, तिन छोरीहरु जेठी छोरी योवमाया श्रेष्ठ अवाल, माईली छोरी क्रान्ती श्रेष्ठ बज्रचार्य र कान्छि छोरी लक्ष्मी श्रेष्ठ अवाल हुनु हुन्छ । जेठी छोरी र कान्छी छोरी सरस्वती खेल ठिमी भक्तपुरमा बिबाह गर्नु भएको छ भने माईली छोरी डल्लु काठमाण्डौंमा बिबाह गर्नु भएको छ ।
आफु युवा अवस्थामा हुँदा त्यतीेबेला तान बुन्ने काम गरेका थियौ । यसरी तान बुन्दा परेवा आँखा बुट्टाको पटुका, भर्को खास्टो, दौरासुरुवाल र च्याप्काको कपडा जस्ता उपयोगी बस्त्रहरु बुनेको स्मरण गर्नु हुन्छ । डोक्छे स्थित स्वर्गिय नलि बहादुर श्रेष्ठ (साईला) रहनु भएको घरमा तान बुन्ने काम गर्ने गरिएको बताउनु हुन्छ भने यस कार्यमा नन्दहरु नक्कली, ठुलीकान्छी र सानुकान्छीहरु संग सहकार्य गरेर काम गरेको स्मरण गर्नु हुन्छ ।
युवा अवस्थामै आफ्नो एक्लो छोरा स्वर्गिय भएकोमा दुःख व्यक्त गर्नु हुन्छ । हाल बुहारी लक्ष्मी श्रेष्ठ, जेठा नाती धृतराज श्रेष्ठ संग र कहिले माईली छोरी क्रान्ती श्रेष्ठ बज्रचार्य संग डल्लुमा बस्दै आउनु भएको छ । यस अनलाईन पत्रिकामा आफ्नो शताब्दी पुगी सकेको आमाको बारेमा लेखरे दोलखा भित्र बाहीर बस्नु हुने सम्पूर्ण दोलखाली माईती खलकका दाजुभाई र दिदी बहिनीलाई जानकारी दिन यस जेष्ठ नागरिक स्तम्भ राखेकोमा माईली छोरी क्रान्ती श्रेष्ठ बज्रचार्यले खुसी व्यक्त गर्दै बाँपीझ्याला अनलाईनलाई धन्यवाद दिनु भयो । साथै आफ्नो मातृभाषा सबैको साझी भएको यसको संरक्षणको लागि जिम्मेवारी र दायित्व सवैले लिनु पर्ने धारणा राख्नु हुन्छ साथै यसको लागि आफ्नो तर्फबाट आर्थिक, नैतिक र भौतीक के सहयोग गर्नु पर्छ त्यसको लागि तयार रहेको बताउनु भयो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij