
राजा जनकको राज्य जनकपुरमा जानकी सीताको जन्मथलो हो । जानकीले सधै एउटा हातले धनुषा धनुष उचालेर भुँई लिप्ने दिन चर्चा थियो । राजा जनकले आफूले अठोट गरे मेरो छोरीको जसले धनुष उचालेर देखाउन सक्छ त्यही वीर पुरुषसँग मेरो छोरी सीताको विवाह गरी दिने घोषणा तथा अठोट गरे ।
सोही अनुसार सिता दिन दिनै जवान तथा सुन्दर हुँदै गई विवाह योग्य भएपछि राजा जनकले आफ्नो अठोट अनुसार सबै देशका राजाहरुलाई आमन्त्रित गरे सबै देशको राजाहरु शुभ दिन र शुभ साईतमा जनकपुर पुग्नु भयो राजा जनकको प्रतिज्ञा अनुसार शिवजीको धनु उठाउने क्रममा वीर पराक्रमी राजाहरु सवै रातो पिरो भई खलखल पसिना बगायो तर कसैले पनि खिसिक्क सम्म उठाउन सकेन ।
अन्तमा आफ्नो गुरुसँग सन्यासीको भेषमा उपस्थित रहेका रामचन्द्र भगवान लाई गुरुको आदेशअनुसार श्रीरामले शिवजीको धनुष जुरुक्क उचालेर तीन टुक्रा बनाई दिए सोहि धनुष खण्ड आकाश पाताल तथा एक टुक्रा पृथ्वीमा जुन टुक्रा पृथ्वीमा छ सोही हाल धनुषा धामको नाउँले प्रचलित छ ।
जनकपुर अञ्चलकोे धनुषा धाम जनकपुरधामबाट २६ किलोमिटर उत्तरपूर्वमा अवस्थित छ । हाल धनुषा धाम नगरपालीकाको नामले चर्चित छ । यहाँ धुनषको टुक्रा झरेको ठाउँमा ठुलो पिपलको बोट छ । यसै जरामा अहिले पनि गहिरो ठुलो प्वाल छ । तथा धनुषको खण्डहरुको फलामाको टुक्राहरु जस्तै जमिनमा पनि बढ्दै गएको जस्तो देख्न सकिन्छ ।
यहाँ रामनवमी तथा विवाह पञ्चमीको दिन धेरै दर्शनार्थिहरुको भिर लाग्ने गरेको पाईन्छ । यहाँ छिमेकी राष्ट्र भारतबाट पनि तिर्थयात्रीहरु आउने गर्दछन् । माघ महिनाको प्रत्येक आईतवारको दिन ठुलो मकरमेला पनी लाग्दछ । यहाँको किम्वदन्ती अनुसार छाला रोग लाग्नेले शुद्ध पवित्र भई भान्टाको भार एक एक वटा चढाए रोग निको हुने जनविश्वास रहेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij