Nov 29 2026 | २०८३, मंसिर १३, गते

Nov 29 2026 | २०८३, मंसिर १३, गते

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै विगुकी देशिमाइ तामाङ

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै विगुकी देशिमाइ तामाङ

नेपाल सम्वत् ११४७, कछलागाः ४, चौथी (१२ मंसिर २०८३, २८ नोभेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । विगु गाउँपालिका–४ लादुक लिङवाकी देशिमाइ तामाङ व्यावसायिक तरकारी खेतीमार्फत आयआर्जनमा जुट्नुभएको छ। लिङवा एकता महिला कृषक समूहकी सदस्य तामाङले उत्पादन गरेको ताजा तरकारी स्थानीय गाउँघरका साथै सिंगटी बजारमा लगेर बिक्री गर्दै आउनुभएको छ।

आफ्नै मेहनत र परिश्रमबाट उत्पादन गरेको तरकारी बिक्री गरी उहाँले आम्दानीसमेत गर्न थाल्नुभएको छ। तरकारी खेतीले स्थानीयस्तरमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्नुका साथै महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रेरित गरेको छ।

उक्त कृषि गतिविधि ग्रामीण विकास टुकी संघ, दोलखा र सिविन नेपालको सहयोगमा सञ्चालित महिला तथा बालबालिका सशक्तीकरण एवं जीवनस्तर उत्थान परियोजना (ओसेलिप) अन्तर्गत अघि बढाइएको आयआर्जनमूलक कार्यक्रमसँग सम्बन्धित छ।

टुकी संघका वरिष्ठ कृषि प्राविधिक केदार खत्रीका अनुसार परियोजनाले महिला कृषकलाई कृषि उत्पादनमार्फत आयआर्जन गर्न प्रोत्साहन गर्दै आएको छ। स्थानीयस्तरमा उत्पादित तरकारीको बजारीकरणले महिलाको आर्थिक सशक्तीकरणमा समेत सहयोग पुर्‍याएको उहाँले बताउनुभयो।

स्रोतः केदार खत्री, बरिष्ठ कृषि प्राविधिक, टुकी संघ, दोलखा ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार