नेपाल सम्वत् ११४६, कौलागाः ६, षष्ठी (१४ कार्तिक २०८३, ३१ अक्टोबार, २०२६) शनिवार, बाँपिझ्याला । दोलखाको कालिञ्चोक गाउँपालिका–८, सुनखानीस्थित श्री कालिनाग माध्यमिक विद्यालयको पूर्वविद्यार्थी समाजको अध्यक्षमा अनिल शिवाकोटी सर्वसम्मत चयन भएका छन्।
शनिबार काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ फुडल्याण्डमा सम्पन्न पूर्वविद्यार्थीहरूको भेलाले शिवाकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति पुनर्गठन गरेको हो।
समाजका निवर्तमान अध्यक्ष सन्तोष पाण्डेको अध्यक्षतामा बसेको भेलाले अध्यक्षसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सर्वसम्मत चयन गरेको पूर्वविद्यार्थी एवं नेपाली कांग्रेसका नेता सरोज शिवाकोटीले जानकारी दिए।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कृष्णप्रसाद शिवाकोटी, सचिवमा जयन्ती शिवाकोटी, सहसचिवमा आलोक शिवाकोटी र कोषाध्यक्षमा टेकराज शिवाकोटी चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा इन्दिरा शिवाकोटी, कुबेर पाठक, अञ्जु शिवाकोटी (केसी), सुदीप आचार्य, सविन शिवाकोटी, नेत्रबहादुर शिवाकोटी, सविना आचार्य, कृपा श्रेष्ठ, सोमिन बयलकोटी र नवराज शिवाकोटी चयन भएका छन्।
भेलामा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, दोलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जगदीश खरेल, प्रा.डा. विद्यानाथ कोइराला, प्रा.डा. सुधा त्रिपाठी तथा त्रिभुवन विश्वविद्यालयका रेक्टर रविन्द्र शिवाकोटीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
विद्यालयका पूर्वविद्यार्थीहरूबीच आपसी सम्बन्ध, सहकार्य र एकतालाई थप सुदृढ बनाउँदै विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पुर्याउने उद्देश्यले नयाँ नेतृत्व चयन गरिएको जनाइएको छ।
नवनिर्वाचित अध्यक्ष शिवाकोटीको नेतृत्वमा समाजले पूर्वविद्यार्थीहरूलाई एकताबद्ध गर्दै विद्यालयको समग्र विकास र शैक्षिक उन्नयनमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij