Nov 24 2026 | २०८३, मंसिर ८, गते

Nov 24 2026 | २०८३, मंसिर ८, गते

दसैंपछि सेयर बजारमा उत्साह, नेप्से ५६ अंकले बढ्यो

दसैंपछि सेयर बजारमा उत्साह, नेप्से ५६ अंकले बढ्यो

नेपाल सम्वत् ११४६, कौलागाः ६, षष्ठी (१४ कार्तिक २०८३, ३१ अक्टोबार, २०२६) शनिवार, बाँपिझ्याला । दसैं बिदापछि खुलेको सेयर बजारमा खरिद चाप बढेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार आएको छ। गत साता नेप्से परिसूचक ५५.९८ अंक अर्थात् २.१३ प्रतिशतले बढेर २ हजार ६९०.१५ अंकमा पुगेको छ। बजारका सबै प्रमुख समूहका सूचकमा वृद्धि देखिँदा कारोबार रकमसमेत उल्लेख्य बढेको छ।

नेप्सेको तथ्यांकअनुसार गत साता पाँच कारोबार दिनमा कुल ३४ अर्ब ३९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो साता २२ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएकोमा यस साता कारोबार रकम ५२.६४ प्रतिशतले बढेको हो। पाँच कारोबार दिनको दैनिक औसत कारोबार रकम ६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।

बजारमा आएको सुधारसँगै कुल बजार पुँजीकरण पनि एक सातामै एक खर्ब रुपैयाँले बढेको छ। अघिल्लो साता ४५ खर्ब ३० अर्ब रुपैयाँ रहेको बजार पुँजीकरण बढेर गत साता ४६ खर्ब ३० अर्ब रुपैयाँ पुगेको नेप्सेले जनाएको छ।

त्यसैगरी, ‘क’ वर्गका कम्पनीहरूको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.०३ प्रतिशतले बढेर ४८७.६६ अंकमा पुगेको छ। फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि क्रमशः २.१३ प्रतिशत र २.१९ प्रतिशतले वृद्धि भएका छन्।

दसैं बिदापछि बजार खुलेसँगै देखिएको खरिद चाप, कारोबार रकममा भएको वृद्धि र बजार पुँजीकरणमा आएको सुधारले सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार