नेपाल सम्वत् ११४६, कौलागा: ६, षष्ठी (१४ कार्तिक २०८३, ३१ अक्टोबार, २०२६) शनिवार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने
बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, पछिल्ला राजनीतिक घटनाक्रम, पार्टीको भावी रणनीति तथा सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुने जनाइएको छ।
पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज बिहान ११ बजे काठमाडौँको वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीका आगामी कार्ययोजना तथा सङ्गठनलाई थप प्रभावकारी र सुदृढ बनाउने विषयमा छलफल हुने बताइएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij