नेपाल सम्वत् ११४६, कौलागाः ५, पञ्चमी (१३ कार्तिक २०८३, ३० अक्टोबार, २०२६) शुक्रवार, बाँपिझ्याला । दोलखाको विगु गाउँपालिका–८, खोपाचागुमा काउली खेती फस्टाएपछि किसानहरू उत्साहित भएका छन्। ग्रामीण विकास टुकी संघ र सिविन नेपालको साझेदारीमा सञ्चालित ओसेलिप परियोजनाको सहयोगमा सञ्चालन भइरहेको एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) कृषक पाठशालाले किसानलाई व्यावहारिक खेतीमा आकर्षित गरेको हो।
सुरुमा घरायसी उपभोग र सामान्य बिक्रीका लागि मात्र काउली खेती गर्ने किसान अहिले बारीभरि काउली फुलेपछि व्यावसायिक उत्पादन गर्ने योजनामा जुटेका छन्। खेती प्रविधिप्रति शंका गर्ने किसानसमेत बालीको राम्रो अवस्था देखेपछि व्यावहारिक सिकाइप्रति विश्वस्त हुन थालेका छन्।
२०८३ कात्तिक ११ गते सञ्चालन भएको ‘सगरमाथा कोलेपा त्रिवेणी’ कृषक पाठशालाको दशौँ कक्षामा २९ जना किसान सहभागी थिए। सहभागीमध्ये २७ जना महिला थिए। कक्षामा किसानहरूले काउली बारीको सरसफाइ, स्थलगत अवलोकन तथा रोग र किराको पहिचान गरेका थिए।
अवलोकनका क्रममा काउलीमा लाही र पात खाने हरियो किरा फेला परेका थिए। तिनको नियन्त्रणका लागि किसानले आफैँ तयार पारेको जैविक विषादी प्रयोग गरेका छन्।
कविता बस्नेत र शर्मिला श्रेष्ठको सहजीकरणमा सञ्चालित पाठशालाले किसानलाई खेतीसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै स्थानीय स्तरमै ताजा तरकारी उत्पादनमा प्रोत्साहन गरेको छ।
काउली खेतीको सफलताले किसानमा उत्साह बढाएको छ भने आगामी दिनमा व्यावसायिक रूपमा ठूलो परिमाणमा तरकारी उत्पादन गर्ने आधारसमेत तयार भएको छ।
रामचन्द्र श्रेष्ठ, कृषि विज्ञ, टुकी संघ, दोलखा ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij