नेपाल सम्वत् ११४६, यंलागाः ४, चौथी (१४ असोज २०८३, ३० सेप्टेम्वर, २०२६) बुधबार बाँपिझ्याला । क्यान्सर रोगसँग जुधिरहेकी बिगु गाउँपालिका–२, वराङकी गंगामाया तामाङको उपचारका लागि ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरिएको छ।
नेकपा एमाले बिगु गाउँपालिका काठमाडौं सम्पर्क मञ्चको नेतृत्वमा संकलन गरिएको उक्त रकम बुधबार गंगामाया तामाङलाई बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री माननीय भरतबहादुर केसीले हस्तान्तरण गर्नु भएको हो । उपचारका क्रममा आर्थिक सहयोग पुगोस् र बिरामीको मनोबल उच्च राख्न सकियोस् भन्ने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको जनाइएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा अभियानमा सहयोग गर्ने तथा सहजीकरण गर्ने सबैप्रति आभार व्यक्त गरिएको थियो। यस कार्यमा सहभागी सहयोग गर्नु हुने बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीप्रति तथा सहयोगी मनहरुलाई विरामीको तर्फबाट आभार सहीत धन्यवाद व्यक्त गरिएको छ ।
त्यसैगरी सहयोग संकलन अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने रोशन ठकुरी, नारद खड्का र अनुराग केसीलाई समेत धन्यवाद दिइएको छ।
गंगामायाको उपचारका लागि सञ्चालन गरिएको अभियानमा दोलखासहित सिन्धुपाल्चोक, खोटाङ, गोरखा, डडेल्धुरालगायत विभिन्न जिल्लाका व्यक्ति तथा संस्थाले स्वेच्छिक रूपमा सहयोग गरेका थिए। अभियानमा ४७ जना व्यक्ति तथा संस्थाको सहभागिता रहेको जनाइएको छ।
सहयोगदाताहरूले आफ्नो क्षमताअनुसार ५०० रुपैयाँदेखि ५ हजार १०० रुपैयाँसम्म सहयोग गरेका थिए। विभिन्न व्यक्ति तथा संस्थाबाट संकलित सम्पूर्ण रकम ५५ हजार ५५५ रुपैयाँ गंगामायाको उपचारका लागि हस्तान्तरण गरिएको हो।
सहयोग रकम हस्तान्तरण गर्दै अभियानमा सहभागीहरूले गंगामायाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। आर्थिक कठिनाइका बीच उपचार गराइरहेकी गंगामायाका लागि गरिएको सहयोगले उपचारमा केही राहत पुग्नुका साथै उनको मनोबल बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij