Nov 23 2026 | २०८३, मंसिर ७, गते

Nov 23 2026 | २०८३, मंसिर ७, गते

ओपनिङ भएको दुई दिनमै स्टोर हटाउनुपरेपछि एलिनाले खोलिन् नयाँ ‘रमणी’

ओपनिङ भएको दुई दिनमै स्टोर हटाउनुपरेपछि एलिनाले खोलिन् नयाँ ‘रमणी’

नेपाल सम्वत् ११४६, यंलाथ्वः १३, त्रयोदशी (८ असोज २०८३, २४ सेप्टेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला ।  गायिका एलिना चौहानले ठूलो मेहनत र लगानीमा सञ्चालनमा ल्याएको महिलाकेन्द्रित फेसन स्टोर ‘रमणी बाइ एलिना’ पुरानो ठाउँबाट हटाउनुपरेको बताएकी छन्।

एलिनाले काठमाडौंको नयाँ वानेश्वरमा साउनको पहिलो सातादेखि ‘रमणी’ सञ्चालनमा ल्याएकी थिइन्। तर स्टोरको उद्घाटन भएको केही दिनमै आफूले भाडामा लिएको भवन अर्कै पक्षको हातमा पुगेपछि उक्त स्थानबाट स्टोर हटाउनुपर्ने अवस्था आएको उनले बताएकी छन्।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै एलिनाले ओपनिङ भएको दुई–तीन दिनमै ‘रमणी’ हटाउनुपर्ने कुरा आएको जानकारी दिइन्।

अचानक आएको परिस्थितिले केही समय आफू स्तब्ध भए पनि व्यवसायलाई निरन्तरता दिने निर्णय गरेको उनको भनाइ छ।

‘मैले फेरि आफैंलाई सम्हालें। कसरी हुन्छ, यसलाई अगाडि बढाउनुपर्छ भनेर रमणी अर्कोतिर खोल्ने निर्णय गरें,’ एलिनाले भनेकी छन्।

उनका अनुसार अब मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयको अगाडि नयाँ स्थानमा ‘रमणी’ सञ्चालनमा आउनेछ। नयाँ स्टोरको तयारी भइरहेको र करिब नौ–दस दिनभित्र सञ्चालनमा ल्याउने योजना रहेको उनले जानकारी दिएकी छन्।

अचानक आएको समस्याले आफूलाई केही समय पीडा दिए पनि दर्शक तथा शुभेच्छुकको मायाले पुनः अघि बढ्ने हिम्मत मिलेको एलिनाले बताइन्।

‘त्यो समयमा मलाई एउटा कुराले हिम्मत दियो। त्यो भनेको दर्शकहरूको माया हो,’ उनले भनिन्।

एलिनाले नयाँ स्थानबाट ‘रमणी’लाई अझ व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने बताएकी छन्।

यसअघि उनले ‘रमणी बाइ एलिना’मा करिब २ करोड रुपैयाँ लगानी भएको जानकारी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार