Oct 11 2026 | २०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

बाढीपहिरो प्रभावितका लागि रास्वपा भीमेश्वर–३ परिवारको अगुवाइमा थप सहयोग

बाढीपहिरो प्रभावितका लागि रास्वपा भीमेश्वर–३ परिवारको अगुवाइमा थप सहयोग

नेपाल सम्वत् ११४६, यंलाथ्वः ६, षष्ठी (१ असोज २०८३, १७ सेप्टेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । भदौ १० गतेको बाढीपहिरोबाट प्रभावित परिवारको पुनर्वास तथा जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भीमेश्वर नगरपालिका–३ परिवारको अगुवाइमा थप ३ हजार ६ सय ५० रुपैयाँ सहयोग गरिएको छ।

रास्वपा समर्थक तथा सहयोगीहरूबाट सङ्कलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको छ। विपद्बाट प्रभावित नागरिकको तत्कालीन राहतसँगै पुनर्वास तथा दीर्घकालीन जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग रकम सङ्कलन गरिएको रास्वपा भीमेश्वर–३ परिवारले जनाएको छ।

पछिल्लो सहयोग रकमसमेत जोड्दा रास्वपा भीमेश्वर नगरपालिका–३ परिवारको अगुवाइमा बाढीपहिरो प्रभावितका लागि हालसम्म २३ हजार ४ सय १६ रुपैयाँ सहयोग सङ्कलन भएको जनाइएको छ।

भदौ १० गते आएको बाढीपहिरोका कारण विभिन्न स्थानमा जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित भएका थिए। विपद्पछि प्रभावित परिवारको आवास पुनर्निर्माण, पुनर्वास तथा आयआर्जनका गतिविधिमा सहयोग आवश्यक रहेको भन्दै विभिन्न व्यक्ति, संस्था तथा समूहले सहयोग सङ्कलन र हस्तान्तरण गर्दै आएका छन्।

रास्वपा भीमेश्वर–३ परिवारले पनि प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले समर्थक तथा शुभेच्छुकबाट स्वेच्छिक रूपमा रकम सङ्कलन गर्दै आएको जनाएको छ। सङ्कलित रकमलाई व्यक्तिगत रूपमा वितरण गर्नुको सट्टा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

रास्वपा भीमेश्वर–३ परिवारका अनुसार विपद्को समयमा पीडित तथा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएकाले आफ्नो क्षमता र स्रोतअनुसार सहयोग अभियानलाई निरन्तरता दिइएको हो। सङ्कलित सहयोगले बाढीपहिरोबाट प्रभावित परिवारको पुनर्वास तथा जीविकोपार्जनमा केही हदसम्म भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।

यसअघि सङ्कलन गरिएको रकमसमेत जोडेर हालसम्म २३ हजार ४ सय १६ रुपैयाँ सहयोग रकम जम्मा भएको जनाउँदै रास्वपा भीमेश्वर–३ परिवारले विपद् प्रभावितका लागि आवश्यक सहयोग जुटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार