नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ११ एकादशी (७ भाद्र २०८३, २३ अगष्ठ २०२६) आईतबार, बाँपिझ्याला । प्रधानमन्त्री वालेन्द्र शाह निजी भ्रमणका क्रममा तीन दिनदेखि गण्डकी प्रदेशमा रहेका छन्। शुक्रबार काठमाडौंँबाट सडकमार्ग हुँदै पोखरा पुगेका प्रधानमन्त्री शाह शनिबार मुस्ताङ पुगेका थिए।
मुस्ताङ पुगेका उनले शनिबार प्रसिद्ध मुक्तिनाथ मन्दिरमा दर्शन गरेका थिए। निजी भ्रमण भएकाले प्रधानमन्त्री शाहको कुनै औपचारिक कार्यक्रम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
मुस्ताङबाट आइतबार पोखरा फर्किएका प्रधानमन्त्री शाह आइतबार राति पनि पोखरामै बस्ने भएका छन्। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार प्रधानमन्त्रीको भ्रमण नितान्त पारिवारिक भएकाले प्रशासनलाई समेत विस्तृत जानकारी छैन।
“प्रधानमन्त्रीको नितान्त पारिवारिक भ्रमण भएकाले हामीलाई पनि धेरै जानकारी छैन। आज उहाँ पोखरामै रहनुभएको छ, भोलि (सोमबार) काठमाडौं फर्कनुहुन्छ,” बरालले बताए।
प्रधानमन्त्री शाह शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बसेका थिए। त्यसपछि परिवारका सदस्यसहित उनी मुस्ताङ पुगेका हुन्। आइतबार पोखरा फर्किएपछि उनी पोखराकै एक रिसोर्टमा बसेका छन्।
निजी भ्रमणका क्रममा प्रधानमन्त्री शाहले धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गरे पनि कुनै सरकारी वा राजनीतिक कार्यक्रममा सहभागी नभएको बताइएको छ। सोमबार उनी पोखराबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij