Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, संगठन र समसामयिक विषयमा छलफल हुने

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, संगठन र समसामयिक विषयमा छलफल हुने

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ६ षष्ठी (२ भाद्र २०८३, १८ अगष्ठ २०२६) मंगलबार, बाँपिझ्याला । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेको आह्वानमा बैठक बस्न लागेको हो।

रास्वपा महामन्त्री विपिन आचार्यका अनुसार बैठक शुक्रबार बिहान ११ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकमा पार्टीका पछिल्ला समसामयिक विषयसँगै संगठनसँग सम्बन्धित विषयमा छलफल हुने तयारी छ। यद्यपि, बैठकमा प्रस्तुत गरिने औपचारिक कार्यसूची भने आवश्यक गृहकार्यपछि मात्रै तय गरिने महामन्त्री आचार्यले जानकारी दिएका छन्।

उनका अनुसार बैठकका लागि छलफलका विषय र एजेन्डा तय गर्ने काम भइरहेको छ। केन्द्रीय समितिको बैठकले पार्टीको संगठनात्मक अवस्था, आगामी रणनीति तथा समसामयिक राजनीतिक विषयमा आवश्यक निर्णय लिन सक्ने बताइएको छ।

रास्वपा सत्तारूढ दलका रूपमा सरकारमा सहभागी भइरहेका बेला बस्न लागेको केन्द्रीय समिति बैठकलाई राजनीतिक रूपमा समेत चासोका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार