नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ४ चौथी (३१ साउन, २०८३, १६ अगष्ठ २०२६) आईतबार, बाँपिझ्याला । उच्च अदालत बार एशोसिएसन पाटनको निर्वाचनमा नेकपा एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह (पीपीएलए) का अध्यक्ष पदका उम्मेदवार सेवन्तराज निरौला विजयी भएका छन्।
अन्तिम मतपरिणामअनुसार निरौलाले १ हजार १५२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) का उम्मेदवार देवीप्रसाद रिजालले १२२ मत प्राप्त गरे।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्वतन्त्र व्यवसायी मञ्चका अध्यक्ष पदका उम्मेदवार भेषराज पोखरेलले १९९ मत प्राप्त गरेका छन्।
अध्यक्ष पदमा निरौलाले भारी मतान्तरसहित विजय हासिल गर्दा कांग्रेस र रास्वपा निकट उम्मेदवारहरू भने निकै पछाडि परेका छन्। निरौलाले रिजालभन्दा १ हजार ३० मत र पोखरेलभन्दा ९५३ मत बढी प्राप्त गरेका हुन्।
निर्वाचन परिणामले उच्च अदालत बार पाटनमा पीपीएलए समूहको बलियो प्रभाव देखाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij