नेपाल सम्वत् ११४६, दिल्लागाः १२ द्वादसी (२५ साउन, २०८३, १० अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । दोलखास्थित प्रसिद्ध भीमेश्वर मन्दिरको भेटी रकम सार्वजनिक गरिएको छ। भीमेश्वर गुठी व्यवस्थापन समितिका अनुसार २०८३ साल असार ३१ गतेदेखि श्रावण २२ गतेसम्म मन्दिरका भेटी बाकसमा संकलन भएको रकम गणना गरी सार्वजनिक गरिएको हो।
समितिका अनुसार उक्त अवधिमा मन्दिरमा जम्मा रु. २ लाख ६ हजार ६ सय ७६ भेटी संकलन भएको छ। समितिले मिति २०८३ साल श्रावण २५ गते विभिन्न निकायका प्रतिनिधिको उपस्थितिमा भेटी बाकस खोली रकम गणना गरेको जनाएको छ।
भेटी रकम गणना तथा प्रमाणीकरणका क्रममा भीमेश्वर गुठी व्यवस्थापन समितिका पदाधिकारीसँगै नेपाली सेना तथा गुठी व्यवस्थापन समितिका कर्मचारीहरूको सहभागिता रहेको थियो। कोषाध्यक्ष श्री सुरेश कुमार श्रेष्ठको उपस्थितिमा रकम गणना गरिएको विवरणमा उल्लेख छ।
भेटी गणनाका लागि नेपाली सेनाबाट हुदा. श्री ज्ञान हरि आचार्य, अम. श्री टेक बहादुर बोहरा, अम. श्री केशव भट्ट, प्यूठ श्री विमल श्रेष्ठ र प्यूठ श्री श्याम भुजेल सहभागी भएका थिए। त्यस्तै, ईलाका प्रहरी कार्यालय भीमेश्वरका प्र.स.नि. श्री मोहन बहादुर श्रेष्ठ तथा कर्मचारीहरू श्री हरि दर्शन जोशी, श्री सुरज श्रेष्ठ र श्री अनुप थामी पनि रोहवरमा सहभागी भएका थिए।
समितिले भेटी रकम गणनापछि तयार गरिएको विवरणमा रु. २ लाख ६ हजार ६ सय ७६ रकम रहेको र उक्त विवरण ठीक–साँचो रहेको जनाएको छ। भीमेश्वर मन्दिरमा भक्तजन तथा दर्शनार्थीले चढाउने भेटीको पारदर्शी व्यवस्थापनका लागि यसरी नियमित रूपमा रकम गणना तथा विवरण सार्वजनिक गर्ने गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij