Aug 12 2026 | २०८३, श्रावण २७ गते

Aug 12 2026 | २०८३, श्रावण २७ गते

सेयरबजारमा ३ अर्ब ६७ करोडको कारोबार, नेप्से ९ अंकले घट्यो

सेयरबजारमा ३ अर्ब ६७ करोडको कारोबार, नेप्से ९ अंकले घट्यो

नेपाल सम्वत् ११४६, दिल्लागाः १२ द्वादसी (२५ साउन, २०८३, १० अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजार परिसूचक नेप्से ९.०४ अंकले घटेर २६४१.०५ विन्दुमा झरेको छ। बजारमा आज ३ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

आज कुल १ करोड कित्ता सेयर किनबेच भएका छन्। कारोबार भएका कम्पनीमध्ये ८२ वटा सेयरको मूल्य बढेको छ भने १८० वटा कम्पनीको मूल्य घटेको छ। १४ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

बढ्ने कम्पनीमध्ये अधिकतम ८.४७ प्रतिशतसम्म वृद्धि भएको छ भने घट्ने कम्पनीमध्ये अधिकतम ९.७० प्रतिशतसम्म गिरावट आएको छ। आजको कारोबारमा सर्वाधिक कारोबार गर्ने कम्पनीमा करिब ४६ करोड रुपैयाँसम्मको कारोबार भएको छ।

समूहगत रूपमा हेर्दा जलविद्युत्, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहको सूचक बढेका छन्। बाँकी अधिकांश समूहका सूचक भने घटेका छन्।

समग्रमा बजारमा बिक्री चाप बढ्दा नेप्से परिसूचक घटे पनि कारोबार रकम भने साढे ३ अर्ब रुपैयाँभन्दा माथि कायम भएको छ।

 
 
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार