नेपाल सम्वत् ११४६, दिल्लागाः ११ एकादशी (२४ साउन, २०८३, ९ अगष्ठ २०२६) आईतबार, बाँपिझ्याला । दोलखा उद्योग वाणिज्य संघले जिरी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको छ। जिरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वलाई दोलखा उद्योग वाणिज्य संघले शुक्रबार एक कार्यक्रम आयोजना गरी स्वागत तथा सम्मान गरेको हो।
जिरी उद्योग वाणिज्य संघले व्यवसायिक अनुभव आदान–प्रदान तथा विभिन्न जिल्लाका उद्योग वाणिज्य संघका गतिविधिबारे जानकारी लिन तीनदिने अन्तरजिल्ला भ्रमण सुरु गरेको छ। भ्रमणको पहिलो चरणमा टोली दोलखा उद्योग वाणिज्य संघ पुगेको हो।
जिरीबाट सुरु भएको भ्रमण सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर हुँदै ललितपुर र काठमाडौं पुग्नेछ। भ्रमणको अन्तिम गन्तव्य नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालय रहेको जनाइएको छ।
दोलखा उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित कार्यक्रममा संघका अध्यक्ष सनत थापाले जिरी उद्योग वाणिज्य संघको नवनिर्वाचित टोलीलाई स्वागत गर्दै भ्रमण सफलताको शुभकामना दिएका थिए।
जिरी उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कार्कीले उद्योग तथा व्यवसाय क्षेत्रका अनुभव आदान–प्रदान, नयाँ अभ्यासबारे सिकाइ तथा अन्तरसंस्थागत सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले भ्रमण आयोजना गरिएको बताए।
भ्रमण टोलीमा जिरीका अनुभवी तथा पुराना व्यवसायीसमेत सहभागी छन्। उनीहरूले विभिन्न जिल्लाका उद्योग वाणिज्य संघसँगको भेटघाटमार्फत स्थानीय व्यवसायको अवस्था, सम्भावना, चुनौती र समाधानका उपायबारे अनुभव आदान–प्रदान गर्ने जनाइएको छ।
यसै अवसरमा हालै सरुवा भएर दोलखा आउनुभएका सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोखरेललाई समेत दोलखा उद्योग वाणिज्य संघले स्वागत तथा सम्मान गरेको छ। संघका अध्यक्ष थापाका अनुसार नयाँ नेतृत्वसँगको भेटघाट र सहकार्यले जिल्लाको उद्योग तथा व्यवसाय क्षेत्रलाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
जिरी उद्योग वाणिज्य संघको अन्तरजिल्ला भ्रमणलाई जिल्लाबीचको व्यावसायिक सम्बन्ध विस्तार, अनुभव आदान–प्रदान तथा उद्योगी–व्यवसायीबीच सहकार्य बढाउने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij