Aug 12 2026 | २०८३, श्रावण २७ गते

Aug 12 2026 | २०८३, श्रावण २७ गते

दोलखाली समाज इजरायलद्वारा मृगौला पीडित दुई जनालाई १ लाख ४१ हजारभन्दा बढी सहयोग

दोलखाली समाज इजरायलद्वारा मृगौला पीडित दुई जनालाई १ लाख ४१ हजारभन्दा बढी सहयोग

नेपाल सम्वत् ११४६, दिल्लागाः १० दशमी (२३ साउन, २०८३, ८ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । दोलखाली समाज इजरायलको अगुवाइमा दोलखाका दुई जना मृगौला रोगबाट पीडितलाई आर्थिक सहयोग गरिएको छ।

समाजका अध्यक्ष राजेन्द्र दाहाल र सचिव हिमकुमार बस्नेतको अगुवाइमा संकलन गरिएको १ लाख ४१ हजार ६ सय ५९ रुपैयाँ मृगौला रोगबाट पीडित वीरेन्द्र जिरेल र आलेन बिकलाई हस्तान्तरण गरिएको समाजका सचिव हिमकुमार बस्नेतले जानकारी दिए।

संकलित रकममध्ये वीरेन्द्र जिरेललाई ७० हजार २ सय रुपैयाँ र आलेन बिकलाई ७१ हजार ४ सय ५९ रुपैयाँ सहयोग गरिएको बस्नेतले बताए।

भर्खरै गठन भएको दोलखाली समाज इजरायलले सामाजिक उत्तरदायित्वअन्तर्गत मृगौला रोगबाट पीडित जिल्लाका दुई नागरिकलाई सहयोग गरेको हो। विदेशमा रहेर पनि आफ्नो जन्मभूमि र जिल्लावासीको दुःख–पीडामा साथ दिन सकियोस् भन्ने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको समाजका सचिव बस्नेतले बताए।

समाजले आगामी दिनमा पनि समस्यामा परेका तथा विपन्न अवस्थामा रहेका दोलखाली नागरिकलाई आवश्यक सहयोग गर्ने जनाएको छ। समाजको यो पहलले विदेशमा रहेका दोलखालीहरूलाई आफ्नो जन्मभूमिसँग जोड्दै सामाजिक सेवामा सक्रिय हुने प्रतिबद्धता पनि देखाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार