Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

विगुमा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइयो

विगुमा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइयो

नेपाल सम्वत् ११४६, दिल्लागाः ४ चौठी (१७ साउन, २०८४, २ अगष्ठ २०२६) आईतबार, बाँपिझ्याला । दोलखा जिल्लाको विगु गाउँपालिका–४ लादुकस्थित भूमेथान कृषक समूहको आयोजनामा टुकी संघ–सिविन नेपालद्वारा सञ्चालित ओसेलिप परियोजना अन्तर्गत दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ।

kodo1.jpg

कार्यक्रमको उद्घाटन विगु गाउँपालिका–३ की वडा सदस्य तथा भूमेथान कृषक समूहकी सदस्य लालुमाया तामाङको अध्यक्षतामा कोदो रोपेर गरिएको थियो। कोदो खेतीको संरक्षण, प्रवर्द्धन तथा स्थानीय कृषकलाई परम्परागत बाली उत्पादनतर्फ प्रोत्साहित गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा कोदो रोप्दै दिवसलाई विधिवत् सम्पन्न गरेका थिए।

कार्यक्रममा स्थानीय कृषक, जनप्रतिनिधि तथा सरोकारवाला गरी जम्मा ३४ जनाको सहभागिता रहेको थियो। आयोजकले कोदो जस्तो पोषणयुक्त तथा स्थानीय वातावरणअनुकूल बालीको उत्पादन वृद्धि गरी कृषकको आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार