नेपाल सम्वत् ११४६, दिल्लाथ्वः२ द्वितिया (३२ अषाढ, २०८३, १६ जुलाई, २०२६) बिहीबार, बाँपिझ्याला । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई साउन १५ गतेसम्म उठेको ब्याज रकम चालु आर्थिक वर्षकै आम्दानीमा समावेश गर्न पाउने विशेष व्यवस्था गरेको छ। बैंक तथा वित्तीय संस्थाको लेखापालन सम्बन्धी विशेष निर्देशन जारी गर्दै राष्ट्र बैंकले यस्तो सुविधा दिएको हो।
बुधबार जारी निर्देशनअनुसार आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र प्राप्त भएको ब्याजलाई यसै आर्थिक वर्षको आम्दानीका रूपमा गणना गर्न सकिनेछ। तर, उक्त अवधिभित्र प्राप्त नभएको अन्य बाँकी ब्याज आम्दानी बराबरको रकम भने नियमनकारी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसअघि भने आर्थिक वर्षभित्र वास्तविक रूपमा प्राप्त भएको ब्याज रकम मात्र आम्दानीमा समावेश गर्न पाइने व्यवस्था थियो। नयाँ व्यवस्थाले बैंकहरूलाई आर्थिक वर्ष सकिएपछि थप १५ दिनसम्म ब्याज असुली गर्ने अवसर दिएको छ।
असार मसान्तसम्म प्राप्त भएको ब्याजलाई मात्र नियमित आम्दानी मान्ने व्यवस्थाले बैंकहरूको नाफा र लाभांश वितरण क्षमतामा असर पर्ने अनुमान गरिएको थियो।
राष्ट्र बैंकको नयाँ निर्देशनसँगै बैंकहरूले साउन १५ सम्म उठेको ब्याजलाई चालु आर्थिक वर्षकै आम्दानीमा देखाउन पाउने भएकाले वित्तीय विवरण र लाभांश क्षमतामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij