Aug 18 2026 | २०८३, भाद्र २ गते

Aug 18 2026 | २०८३, भाद्र २ गते

सेयर बजारमा पुनः गिरावट, नेप्से २६ सयको मनोवैज्ञानिक बिन्दुभन्दा तल

सेयर बजारमा पुनः गिरावट, नेप्से २६ सयको मनोवैज्ञानिक बिन्दुभन्दा तल

नेपाल सम्वत् ११४६, तछलागाः १३ चर्तुदशी (२९ अषाढ, २०८३, १३ जुलाई, २०२६) सोमबार, बाँपिझ्याला ।  सेयर बजारमा घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ। सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.६० अंकले घटेर २ हजार ५७०.१८ बिन्दुमा झरेको छ। नेप्से १.१७ प्रतिशतले घटेसँगै बजार पुनः २६ सयको मनोवैज्ञानिक सीमाभन्दा तल पुगेको हो।

बजार परिसूचक घटे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही सुधार देखिएको छ। सोमबार ३६८ कम्पनीका ४ करोड १७ लाख २५ हजार कित्ता सेयर कारोबार हुँदा कुल ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि शुक्रबार ६ अर्ब ८६ करोड ७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।

सोमबार नेप्सेमा सूचीकृत सबै १३ वटा समूहका उपसूचक घटेका छन्। व्यापार समूह सबैभन्दा बढी २.३० प्रतिशतले ओरालो लागेको छ। यस्तै वित्त, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बिमा तथा उत्पादन तथा प्रशोधन समूहका सूचक पनि एक प्रतिशतभन्दा बढीले घटेका छन्।

कारोबार भएका कम्पनीमध्ये सामुदायिक लघुवित्त, सिटिजन्स बैंक डिबेन्चर २०८६ र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले बढेको छ। भने उपकार लघुवित्तको सेयर मूल्य ११ प्रतिशतभन्दा बढीले घटेको छ।

त्यस्तै बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य करिब सात प्रतिशतले घट्दा दिव्यश्वरी हाइड्रो, हिमस्टार ऊर्जा, टक्सार पिखुवा खोला र भुजुङ हाइड्रोपावरका सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्। बजारमा निरन्तर देखिएको बिक्री चापका कारण नेप्से दबाबमा परेको विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार