नेपाल सम्वत् ११४६, तछलागाः ८ अष्ठमी (२४ अषाढ, २०८३, ०८ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । दोलखा प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ (ढुङ्गा, बालुवा) उत्खननमा प्रयोग भइरहेको एक एक्स्काभेटर नियन्त्रणमा लिई कारबाही गरेको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार बुधबार तामाकोशी गाउँपालिका–३ स्थित ढोलीखोलाको तामाकोशी नदीमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको सूचनाका आधारमा प्रहरीले एक्स्काभेटर नियन्त्रणमा लिएको हो।
प्रहरीले नियन्त्रणमा लिएको एक्स्काभेटरलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला समन्वय समिति दोलखामा बुझाएको थियो। जिल्ला समन्वय समितिको कार्यालयमार्फत सम्बन्धित पक्षबाट १ लाख रुपैयाँ जरिवाना असुल गरी एक्स्काभेटर छाडिएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक खड्काले प्राकृतिक स्रोतको अवैध उत्खनन तथा दोहन रोक्न जिल्ला प्रहरी कार्यालय दोलखाले नियमित अनुगमनलाई तीव्र बनाएको बताउँदै कानुनविपरीत हुने यस्ता गतिविधिमा संलग्नमाथि कडा कारबाही गरिने स्पष्ट पार्नुभयो। साथै, प्राकृतिक स्रोतको संरक्षणमा सबै सरोकारवाला पक्ष र स्थानीय समुदायको सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij