Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

उच्च शिक्षाका अवसर र चुनौतीबारे राष्ट्रिय छलफल सम्पन्न

उच्च शिक्षाका अवसर र चुनौतीबारे राष्ट्रिय छलफल सम्पन्न

नेपाल सम्वत् ११४६, अनलागाः १५ औसी (१ अषाढ, २०८३, १५ जुन, २०२६) सोमबार, बाँपिझ्याला । नेपाल तथा विदेशमा उच्च शिक्षाका अवसर र चुनौती विषयमा आयोजित राष्ट्रिय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उच्च शिक्षाको वर्तमान अवस्था, विद्यार्थी तथा शैक्षिक संस्थाहरूले भोगिरहेका चुनौती, उपलब्ध अवसर तथा शैक्षिक कार्यक्रमलाई विश्वव्यापी प्रवृत्ति र श्रम बजारको आवश्यकतासँग जोड्ने विषयमा व्यापक छलफल गरिएको थियो।

कार्यक्रममा शिक्षाविद्, शैक्षिक नेतृत्वकर्ता, नीतिनिर्माता तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले गुणस्तरीय, समावेशी र प्रतिस्पर्धी शिक्षा प्रणाली निर्माणका लागि नीति, पाठ्यक्रम र अनुसन्धानलाई समयानुकूल बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए।

छलफलमा उच्च शिक्षालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्दै विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि सक्षम बनाउने विषयमा विशेष जोड दिइएको थियो। सहभागीहरूले शिक्षा क्षेत्रको सुधारका लागि निरन्तर संवाद, सहकार्य र नवीन सोच आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको आयोजना आईईआरआईएन नेपाल (IERIN Nepal) ले गरेको थियो। आयोजक संस्थाले विविध क्षेत्रका विज्ञ तथा सरोकारवालालाई एउटै मञ्चमा ल्याएर उच्च शिक्षासम्बन्धी महत्वपूर्ण विषयमा सार्थक बहसको वातावरण सिर्जना गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार