नेपाल सम्वत् ११४६, अनलागाः १५ औसी (१ अषाढ, २०८३, १५ जुन, २०२६) सोमबार, बाँपिझ्याला । नेपाल आँखा कार्यक्रम–दोलखा लायन्स आँखा केन्द्रद्वारा जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालन गरिएको बृहत् आँखा शिविर आज सम्पन्न भएको छ। जेठ २६ गतेदेखि सुरु भएको शिविरको पहिलो चरण अन्तर्गत बिरामी छनोट कार्य सोमबार सुनखानी स्वास्थ्य चौकीमा अन्तिम शिविर सम्पन्न भएसँगै सकिएको हो।
खरीढुङ्गा, क्षेत्रपा, काटाकुटी, पवटी, सिंगटी र सुनखानीमा सञ्चालन गरिएका शिविरहरूमा आँखाको जाँच तथा चस्मा वितरणका क्रममा मोतियाविन्दु भएका बिरामीहरू पहिचान गरिएको थियो। छनोट भएका ती बिरामीहरूको आगामी असार ३ र ४ गते दोलखा लायन्स आँखा केन्द्रमा निःशुल्क शल्यक्रिया गरिने भएको छ।
आँखा केन्द्रका प्रमुख विप्लव खड्काका अनुसार ग्रामीण क्षेत्रबाट छनोट भएका मोतियाविन्दुका बिरामीलाई विशेष शल्यक्रिया शिविरमार्फत निःशुल्क सेवा प्रदान गरिनेछ। शिविरबाट ठूलो सङ्ख्यामा स्थानीय नागरिक लाभान्वित भएको केन्द्रले जनाएको छ।
आँखा केन्द्रले छनोट भएका सबै बिरामीलाई निर्धारित मितिमा समयमै उपस्थित भई शल्यक्रिया सेवा लिन अनुरोध गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij